Comments Add Comment

आजका पत्रपत्रिकाः देउवाविरुद्ध महागठबन्धनको तयारीमा कोइराला परिवार

५ भदौ, काठमाडौं । राजधानीबाट आज प्रकाशित राष्ट्रिय दैनिक पत्रिकाहरुको प्राथमिकतामा भिन्न–भिन्न विषय परेका छन् । कालीमाटी तरकारी बजारको अनुगमनमा गएका अनुगमनकर्तालाई व्यापारीले अवरोध गरेकोदेखि शेरबहादुर देउवाविरुद्ध कोइराला परिवारले महागठबन्धनको तयारी गरेको लगायतका खबरलाई अाजका पत्रपत्रिकाहरुले महत्त्वका साथ छापेका छन् ।

८० वर्षीय राजदूत केशवराज झाको हत्या भएकोलाई पनि सबैजसो दैनिक पत्रिकाहरुले कभरेज गरेका छन् । झाको थापाथलीस्थित निवासमा सोमबार हत्या भएको हो ।

यसका अतिरिक्त जुम्लामा एमबीबीएस पढाइ शुरु गर्न कार्यदल गठन भएको, नेपाल वायुसेवा निगमले एकतर्फी सम्झौता गरेर वाइडबडी खरिद गरेको, प्रधानन्यायाधीशमा अस्वीकृत दीपकराज जोशी राजीनामा नदिई अदालत जाने मुडमा पुगेकोलगायत समाचारले पनि आजका पत्रपत्रिकाहरुमा स्थान पाएका छन् ।

कोइराला परिवार कांग्रेस सभापति शेरबहादुर देवाविरुद्ध महागठबन्धनको तयारीमा जुटेकोलाई नयाँ पत्रिका दैनिकले आज मुख्य समाचारका रुपमा छापेको छ ।

पछिल्ला केही महिनायता शशांक, शेखर र सुजाता निरन्तर भेटघाटमा छन् । उनीहरुले सँगै खाना खान भन्दै जुटेर आपसी विश्वास बढाउँदै १४ औं महाधिवेशनको तयारी अहिलेदेखि नै अघि बढाएका छन् । नयाँ पत्रिका लेख्छ– अझ यो गठबन्धनमा सम्भव भएसम्म सबैलाई समेट्ने र देउवालाई एक्ल्याउने उनीहरुको नीति छ ।

कोइराला परिवारको यस्तो गठबन्धनले देउवालाई चुनौती र पौडेललाई संकट आइलागेको नयाँ पत्रिकाको विश्लेषण छ ।

अन्नपूर्णले नेपाल वायु सेवा निगमको वाइडबडी खरिद प्रक्रियाबारे उत्खननको प्रयास गरेको छ । समाचार अनुसार, एकतर्फी सम्झौता गरेर विमान खरिद गरिएको छ ।

अन्नपूर्णमै चीन र बंगलादेशसँग गरिएको ऊर्जा सम्झौता कार्यान्वयन हुन लागेको खबर पनि छ । संस्थानभित्रका बेथितिलाई पनि अन्नपूर्णले पहिलो पृष्ठमा उधिनेकाे छ ।

कालीमाटी तरकारी बजारको अनुगमनमा गएका अनुगमनकर्ता नै व्यापारीको नियन्त्रणमा परेकोलाई मुख्य समाचार बनाएको कान्तिपुरले ८० वर्षीय राजदूत केशव झाको हत्या भएको, जुम्लामा एमबीबीएस अध्यापनका लागि कार्यदल गठन भएको लगायतका खबरलाई पहिलो पृष्ठमा समेटेको छ ।

कान्तिपुरले जस्तै नागरिकले पनि कालीमाटी बजार अनुगमन र पूर्वराजदूतको हत्यालाई पहिलो पृष्ठमा प्राथमिकताका साथ प्रकाशित गरेको छ ।

नागरिककै भित्री पृष्ठमा प्रधानन्यायाधीशमा अस्वीकृत दीपकराज जोशी राजनीनामा नदिने मनस्थितमा पुगेको समाचार छ । नागरिकसँग जोशीले न्यायका लागि अदालत जाने बताएका छन् । ‘वन्स अ जज अल्वेज जज, किने दिने राजीनामा ?’ जोशीले नागरिकसँग भनेका छन् ।

गोरखापत्रले समृद्ध नेपाल निर्माण गर्न राष्ट्र निर्माणका लागि राष्ट्रपतिले गरेको आग्रहलाई मुख्य समाचार बनाएको छ भने राजधानीमा संसदमा करलाई लिएर भएको बहससम्बन्धी समाचार छ ।

हेर्नुहाेस् अाजका पत्रपत्रिकाका पहिलाे पृष्ठ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment