Comments Add Comment

पर्दा पछाडिको ‘रामकहानी’, माग्ने र मुन्द्रेका यस्ता रुप


भदौ २२ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘रामकहानी’ अहिले सर्वाधिक चर्चामा छ । चलचित्रले एउटा छुट्टै हाइप पनि बनाइसकेको छ । चलचित्रको गीत र ट्रेलर सार्वजनिक भैसकेपछि यसले दर्शकमा एक प्रकारको कौतुहलता समेत जगाएको छ ।

सुदर्शन थापाको निर्माण तथा निर्देशनमा तयार चलचित्रमा पूजा शर्मा, आकाश श्रेष्ठ, केदार घिमिरे, जितु नेपाल, विल्सन विक्रम राई, रविन्द्र झा लगायतका कलाकारको मुख्य भूमिका छ । चलचित्रको ट्रेलरमा कमेडी, सस्पेन्स र प्रेमलाई स्थान दिइएको छ । तर, चलचित्रको छायांकनको क्रममा पर्दा पछाडि निकै रमाइलो भएको अनुभव यसको टिमसँग छ ।

चलचित्रका मुख्य कलाकार केदार घिमिरेले २५ हजार खर्च गरेर खसी काटेर खुवाएको खबरले पनि चर्चा पाएको थियो । निर्देशक थापा भन्छन्-‘एउटा चलचित्र निर्माण हुनका लागि सय भन्दा बढी सदस्यहरुको मिहिनेतले काम गरेको हुन्छ । यसैले पनि चलचित्रको पर्दा पछाडिका दुःख र सुख आफैमा संझनलायकका हुन्छन् ।

सुदर्शन थापा र उनको टिमसँग काम गर्दाको अनुभव लामो समयसम्म यादगर हुने अनुभव केदार, जितु, विल्सन, रविन्द्र लगायतको छ । ‘छक्का पन्जा’ ब्रान्डसँग जोडिएर काम गरिरहेका केदार र जितु पहिलो पटक बाहिरी ब्यानरको चलचित्रमा देखिदैछन् । तर, उनीहरुले यो चलचित्रको टिमलाई पनि आफ्नै परिवार भनेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment