Comments Add Comment

चितवनमा ६ दिनमा सम्बन्धबिच्छेदका १५ मुद्दा

७ भदौ, चितवन । मुलुकी देवानी (संहिता) ऐन २०७४ लागू भएपछि छ दिनमा नौ पुरुषले सम्बन्धबिच्छेदको मुद्दा दर्ता गराएका छन् ।

चितवन जिल्ला अदालतमा भदौ १ गतेदेखि ६ गतेसम्म नौ पुरुष र छ महिलाले सम्बन्धबिच्छेदका लागि मुद्दा दर्ता गराएका हुन् । अदालतका सूचना अधिकारी केशवप्रसाद पौडेलका अनुसार यसअघि पुरुषले सोझै अदालतमा सम्बन्धबिच्छेदको मुद्दा दर्ता गर्न पाउँदैनथे । स्थानीय तहमा निवेदन दिएपछि मिलापत्र हुन नसकेमा त्यहाँको सिफारिशसहित अदालत आउनु पर्ने व्यवस्था थियो ।

पौडेलका अनुसार गत वर्ष ७०७ सम्बन्धबिच्छेदका मुद्दा दर्ता भएकोमा छ वटा मात्रै पुरुषका तर्फबाट परेका थिए । जिल्ला अदालत चितवन बार एशोसिएशनका अध्यक्ष कमल पाठकका अनुसार ऐनले पुरुषलाई पनि महिलासरह सोझै अदालत जाने बाटो खोलिदिएको बताए ।

यसअघि ऐन बन्दा पुरुष महिलाबाट अन्यायमा पर्ने परिकल्पना गरिएको थिएन । संविधानमा भएको समानताको हकको व्यवस्थाअनुसार महिला र पुरुषलाई समान अधिकारको कानून बनेसँगै महिलासरह पुरुष पनि सोझै अदालत जान पाउने भएको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment