+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

बिमस्टेक बैठकका बेला काठमाडौंका गाडीमा जोर विजोर प्रणाली

अनलाइनखबर अनलाइनखबर
२०७५ भदौ ९ गते १:००


८ भदौ, काठमाडौं । भदौ १४ र १५ गते काठमाडौंमा हुने चौथो बिमस्टेक शिखर सम्मेलनका क्रममा सवारी व्यवस्था मिलाउन ट्राफिक प्रहरीले जोर विजोर प्रणाली लगाउने भएको छ ।

बिमस्टेक शिखर सम्मेलनका बेला आउने विदेशी विशिष्ट पाहुनाहरुको आवतजावतलाई सुरक्षित र व्यवस्थित बनाउन सवारी साधनमा जोर विजोर प्रणाली लगाउने भएको हो ।

त्यसका लागि भदौ १३, १४ र १५ गते काठमाडौंमा चल्ने निजी र भाडाका सवारी साधनमा जोर विजोर प्रणाली लागू गर्ने ट्राफिक प्रहरी महाशाखाले चलाएको छ ।

काठमाडौंमा सवारी चाप अत्यधिक रहेकाले बिमस्टेक शिखर सम्मेलनका पाहुना आवतजावत गराउन समस्या हुने भएकाले जोर विजोर प्रणाली लागू गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?