Comments Add Comment

फेरि सँगै देखिए अर्जुन कपुर र मलाइका, प्रेम ब्यूँतिएको आशंका

बलिउड अभिनेता अर्जुन कपुर डिभोर्सी अभिनेत्री मलाइका अरोडासँग प्रेममा रहेको चर्चा हुने गर्छ । अर्जुन कपुरकै लागि मलाइकाले अरवाज खानलाई डिभोर्स दिएको चर्चा हुने गर्छ ।

तर, अत्यधिक नकारात्मक टिकाटिप्पणीहरु भए पछि अर्जुन र मलाइकाले एक-अर्कासँग दुरी बनाएका थिए । उनीहरु सँगै नदेखिएको लामो समय भएको थियो । यसबाट उनीहरुबीच खटपट भएको वा ब्रेकअप भएको अनुमान धेरैले गरे ।

तर, यी अनुमानहरुलाई चिर्दै मलाइका र अर्जुन फेरि एकपटक एकसाथ देखिएका छन् । हालै आयोजित लक्मे फेसन विकमा सहभागी भएका उनीहरु सँगसँगै बसेका थिए र निकै सहज देखिएका थिए । उक्त कार्यक्रममा अर्जुन आफ्ना सौतेती बहिनीहरु जान्भी र खुशी कपुरलाई लिएर पुगेका थिए भने । मलाइका भने एक्लै गएकी थिइन् ।

अर्जुन र मलाइका योजना बनाएरै भेटेका हुन् वा अचानक भेट भएको हो भन्ने खुलेको छैन । तर, उनीहरु भेट भएपछि आपसमा निकै आत्मीय देखिए । अर्जुनको एकापट्टी मलाइका बसेकी थिइन् भने अर्कोपट्टी जान्भी र खुशी थिए । अर्जुन र मलाइकाको घनिष्ठताबाट बहिनीहरुले भने अप्ठेरो महसुस गरेको देखिन्थ्यो ।

अर्जुन अहिलेसम्म अविवाहित छन् भने मलाइका पनि डिभोर्सपछि एक्लै छिन् । उनीहरुबीच प्रेमको चर्चा चलेपछि मलाइकाले स्पष्टिकरण दिँदै आफूहरु राम्रो साथी मात्र भएको बताएकी थिइन् । यता मलाइकासँगको प्रेमका कारणले नै अरवाजका दाजु सलमानको अर्जुन कपुरसँग सम्वन्ध विग्रेको छ । उनी आफ्नो भाई बुहारीको डिभोर्स हुनुमा अर्जुनको हात देख्छन् । अर्जुनले भने यो विषयमा मुख खोलेका छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment