Comments Add Comment

नेपाललाई छैटौं झट्का, रोहित शून्य रनमा आउट

१३ भदौ, काठमाडौं । एसिया कप छनोट क्रिकेट प्रतियोगिताअन्तर्गत ओमनविरुद्ध नेपालले छैटाैं विकेट गुमाएको छ ।

नेपालले ४५.३ ओभरमा रोहितकुमार पौडेललाई शून्य रनमा गुमाएको हो । यसअघि आरिफ शेखले ३६ रन बनाएर आउट भएका थिए । आरिफले ७४ बलमा ३ चौका र १ छक्का प्रहार गर्दै नेपाली टिमलाई उकासेका थिए । उनले सागर पुनसँग ९२ रनको साझेदारी गरेका थिए ।

क्रिजमा अहिले सागर पुनले ७४ र सोमपाल कामी १ रनमा खेलिरहेका छन् ।

यसअघि २२.४ ओभरमा ८० रन बनाउँदा नेपालले चौथो विकेट गुमाएको थियो । चौथो विकेटको रुपमा दीपेन्द्रसिंह ऐरी ९ रनमा आउटका थिए ।

त्यस्तै, नेपालले १७ ओभरको अन्तिम बलमा ज्ञानेन्द्र मल्ललाई तेस्रो विकेटको रुपमा गुमाएको थियो । उनले ६० बलमा ६ चौका र १ छक्काको मद्दतमा ४५ रन बनाएर आउट भएका थिए । १५.५ ओभरमा नेपालले ५६ रन बनाउँदा दोस्रो विकेटको रुपमा कप्तान पारस खड्कालाई ८ रनमा गुमाएको थियो । नेपालको पहिलो विकेटको रुपमा सुवास खकुरेल ४ रन आउट भएका थिए ।

मलेसियाको राजधानी क्वालालम्पुरस्थित बायुमास ओभलमा खेल जारी नेपाल र ओमनबीचको खेलमा नेपाल ओमनलाई पराजित गर्दै छनोट प्रतियोगितामा सुखद् शुरुवात गर्ने दाउमा छ ।

प्रतियोगितामा नेपालसँगै आयोजक मलेसिया, ओमन, युएई, सिंगापुर र हङकङ रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment