+
+
Shares

उपचार खर्च तिर्ने कागज गरेपछि अस्पतालबाट छुटे सुरज

अनलाइनखबर अनलाइनखबर
२०७५ भदौ १५ गते २१:०३

१५ भदौ, बुटवल । उपचार सकिएको लामो समयसम्म अस्पतालमै अघोषित बन्धक बनेका सुरज बिक शुक्रबार घर गएका छन् । बाबु र दाइले उपचार खर्च वापतको रकम आगामी पुसभित्र तिर्ने कागज गरेपछि जेनस अस्पतालले सुरजलाई डिस्चार्ज गरेको हो ।

पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिका गोपीगञ्जका २३ वषिर्य सुरज मोटरसाइकल दुर्घटनामा दाहिने खुट्टा फ्याक्चर भएपछि २०७४ साल जेठ १४ गते बुटवल अस्पताल लाइन नजिकै रहेको जेनस अस्पतालमा भर्ना भएका थिए ।

भर्ना भएको ६ महिनापछि उनको उपचार पूरा भएको थियो तर, उपचार खर्च तिर्न नसक्दा घर जान पाएनन् । उपचारवापत तिर्नुपर्ने रकम, फार्मेसीमा औषधि किनको र होटलमा खाना खाएको पैसा नतिर्दा उनी डिस्चार्ज भएनन् ।

१६ महिनासम्म अस्पतालमा बन्धक बनाइएका सुरज बिक

घरको आर्थिक अवस्था कमजोर रहेको विपन्न परिवारका सुरजले उपचार गर्न आफ्नो एक कठ्ठा जग्गा दृष्टिबन्धक राखेर एक लाख रुपैयाँ लिएर आएका थिए । तर सोचे भन्दा १५ गुणा बढी बिल आएपछि तिर्न नसकेपछि उनी अस्पतालमै थन्किए । सबै रकम जोड्दा १५ लाखको हाराहारीमा खर्च भएको सुरजको भनाइ उद्धृत गर्दै इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डीएसपी डिलबहादुर मल्लले बताए ।

उपचार खर्च तिर्न नसक्दा अस्पतालमै बन्धक बनेको खबरसार्वजनिक भएपछि प्रहरीले जनप्रतिनिधिको रोहबरमा सुरजको उद्दार गरेको छ ।

डीएसपी मल्लका अनुसार अस्पतालको उपचार वापतको खर्च करिब १२ लाख, औषधीको करिब २ लाख र होटेलमा खाना खाएको एक लाख भन्दा बढी तिर्नुपर्ने देखिएको छ ।

तिर्नुपर्ने रकममा अस्पतालले २५ प्रतिशत छुट गरी पुस मसान्तसम्म सुरजका दाजु दीपक बिक र बुबा भगवती बिकले दिने सहमतिमा कागज गरेर सुरजलाई घर फर्काइएको छ । अस्पतालको बिलमा शंका लागे सरकारी र निजी अस्पतालका प्रतिनिधि राखेर भेरिफाई गरेर मात्र भुक्तानी दिने मौखिक सहमति भएको डीएसपी मल्लले जानकारी दिए ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत समानुपातिक मत %
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?