+

ओमानमाथि नेपाल ए को प्रभावशाली जित

२०८३ वैशाख  ११ गते १६:०६ २०८३ वैशाख ११ गते १६:०६
ओमानमाथि नेपाल ए को प्रभावशाली जित

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल ए क्रिकेट टोलीले ओमानसँगको दोस्रो अभ्यास एकदिवसीय खेलमा ११५ रनले जित हासिल गरेको छ।
  • नेपाल ए ले दिएको २८५ रनको लक्ष्य पछ्याएको ओमान १६९ रनमा अलआउट भएको छ।
  • युवराज खत्रीले ६ ओभरमा १६ रन दिएर ३ विकेट लिए भने हेमन्त धामी, आकाश चन्द र शेर मल्लले २-२ विकेट लिए।

११ वैशाख, काठमाडौं । नेपाल ए क्रिकेट टोलीले ओमानसँगको दोस्रो अभ्यास एकदिवसीय खेलमा प्रभावशाली जित निकालेको छ । माथिल्लो मुलपानी क्रिकेट मैदानमा शुक्रबार भएको खेलमा नेपाल ए ११५ रनले विजयी भएको हो ।

नेपाल ए ले दिएको २८५ रनको लक्ष्य पछ्याएको ओमान ३६.३ ओभरमा १६९ रनमा अलआउट भयो । मुजिबुर अलीले सर्वाधिक ४३ रन बनाए । जितेन रामानन्दीले २४ तथा विनायक शुक्लाले २१ रन बनाए ।

नेपाल ए का लागि युवराज खत्रीले ६ ओभरमा १६ रन दिएर ३ विकेट लिए । हेमन्त धामी, आकाश चन्द र शेर मल्लले २-२ विकेट लिए भने सन्तोष यादवले १ विकेट लिए ।

त्यसअघि इशान पान्डे, देव खनाल र कुशल मल्लको अर्धशतक मद्दतमा नेपाल ए ले बलियो योगफल खडा गरेको थियो ।

टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपाल ए ले ५० ओभरमा ७ विकेट गुमाएर २८४ रन बनाएको थियो ।

इशान पान्डेले ६९, देव खनालले ६२ तथा कुशल मल्लले ५७ रन बनाए । इशान र देव मिलेर तेस्रो विकेटका लागि ९० रनको साझेदारी गरेका थिए । कुशल मल्लले आक्रामक फिनिसिङ दिलाए ।

सन्दीप जोराले ४२ रन बनाए । सन्तोष यादव १५ रनमा नटआउट रहँदा अर्जुन कुमालले १३ रन बनाए ।

ओमानका लागि जितेन रामानन्दीले २ विकेट लिँदा शकील अहमद, नदीम खान, सिद्धार्थ बुक्कापटनम र वासिम अलीले १-१ विकेट लिए ।

यसअघि बुधबार भएको पहिलो खेलमा नेपाल ए पराजित भएको थियो ।

अभ्यास एकदिवसीय खेल ओमान क्रिकेट नेपाल ए क्रिकेट
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय