News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल ए ले ओमानविरुद्ध दोस्रो अभ्यास एकदिवसीय खेलमा ५० ओभरमा ७ विकेट गुमाएर २८४ रन बनाएको छ।
- इशान पान्डेले ६९, देव खनालले ६२ र कुशल मल्लले ५७ रन बनाए।
- ओमानका जितेन रामानन्दीले २ विकेट लिए भने चार खेलाडीले १-१ विकेट लिए।
११ वैशाख, काठमाडौं । इशान पान्डे, देव खनाल र कुशल मल्लको अर्धशतक मद्दतमा नेपाल ए ले ओमानविरुद्धको दोस्रो अभ्यास एकदिवसीय खेलमा बलियो योगफल खडा गरेको छ ।
टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपाल ए ले ५० ओभरमा ७ विकेट गुमाएर २८४ रन बनाएको हो ।
इशान पान्डेले ६९, देव खनालले ६२ तथा कुशल मल्लले ५७ रन बनाए । इशान र देव मिलेर तेस्रो विकेटका लागि ९० रनको साझेदारी गरेका थिए । कुशल मल्लले आक्रामक फिनिसिङ दिलाए ।
सन्दीप जोराले ४२ रन बनाए । सन्तोष यादव १५ रनमा नटआउट रहँदा अर्जुन कुमालले १३ रन बनाए ।
ओमानका लागि जितेन रामानन्दीले २ विकेट लिँदा शकील अहमद, नदीम खान, सिद्धार्थ बुक्कापटनम र वासिम अलीले १-१ विकेट लिए ।
यसअघि बुधबार भएको पहिलो खेलमा नेपाल ए पराजित भएको थियो ।
प्रतिक्रिया 4