News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल र्याफ्टिङ एण्ड कनोइङ एसोसिएसनका महासचिव सुदिप राज गौतम युनाइटेड र्याफ्टिङको बोर्ड मेम्बर चयन भएका छन् ।
- फ्रान्सको पाउमा भएको पहिलो इलेक्टिभ कंग्रेसले वर्ल्ड र्याफ्टिङ फेडरेसन र इन्टरनेसनल र्याफ्टिङ फेडेरेसनलाई एकिकृत गरेको छ ।
- नयाँ जनरल बोर्डले छिटै पहिलो आधिकारिक बैठक बस्ने र रणनैतिक प्राथमिकता तथा संगठनात्मक कार्ययोजना तय गर्ने जनाएको छ ।
१० वैशाख, काठमाडौं । नेपाल र्याफ्टिङ एण्ड कनोइङ एसोसिएसनका महासचिव सुदिप राज गौतम विश्व र्याप्टिङ खेलको सर्वोच्च निकाय युनाइटेड र्याफ्टिङको बोर्ड मेम्बर चयन भएका छन् ।
फ्रान्सको पाउमा भएको युनाइटेड र्याफ्टिङको पहिलो इलेक्टिभ कंग्रेसबाट गौतम बोर्ड मेम्बरमा चयन भएका हुन् ।
यस कंग्रेसले वर्ल्ड र्याफ्टिङ फेडरेसन र इन्टरनेसनल र्याफ्टिङ फेडेरेसनलाई आधिकारिक रुपमा एकिकृत गर्दै र्याप्टिङ खेलको लागि एकै निर्णय गठन गर्ने गरी ऐतिहासिक कदम चालेको हो ।
विश्व र्याफिटिङका दुई संस्थाहरु मर्ज हुने सहमतिपछि पहिलो पटक भएको युनाइटेड र्याप्टिङको इलेक्टिभ कंग्रेसले नयाँ जनरल बोर्ड गठन गरेको छ ।
कंग्रेसको उद्घाटन वर्ल्ड र्याप्टिङ फेडेरेसनका अध्यक्ष डानिलो बार्माज र इन्टरनेनसल र्याप्टिङ फेडेरेसनका अध्यक्ष जोसेफ विलिस जोन्सले गरेका थिए ।
कंग्रेसमा ५६ राष्ट्रिय संघहरुलाई मताधिकार रहेको थियो ।
उक्त कंग्रेसबाट युनाइटेड लर्याप्टिङको नयाँ जनरल बवर्ड गठन गरेको छ । जसको अध्यक्षमा इटलीका डानिलो बर्माज छन् भने अल्वानियाका ब्लेरिना अगो उपाध्यक्ष छन् । यस्तै बवर्ड मेम्बरमा विलियम कारियुकी एवाङ्गी, हादी सायद घाजिएसगर, गुर्खान कोस र बोरिस पुर्जाकोभ छन् ।
यस्तै एसिया महादेशबाट एसियन कन्टिनेन्टल काउन्सिलमा नेपालका गौतमसँगै जापानका शिगेतो असानो र युएईका यासेर अल्काथिरी छन् ।
यस्तै युरोप, अमेरिकाको कन्टिनेन्टल काउन्सिलमा पनि ३-३ तथा अप्रिकन कन्टिनेन्टल काउन्सिलमा दुई बोर्ड मेम्बर छन् ।
नयाँ निर्वाचन जनरल बोर्डले छिटै आफ्नो पहिलो आधिकारिक बैठक बस्ने जनाएको छ । जसमा सुरुवाती रणनैतिक प्राथमिकता र संगठनात्मक कार्ययोजना तय गरिनेछ ।
नवगठिन युनाइटेड र्याप्टिङले विश्वभरका खेलाडी, राष्ट्रिय महासंघ तथा सरोकारवालाहरुलाई समेट्दै समावेशी, पारदर्शी र भविष्य उन्मुख संघ निर्माण गर्ने प्रतिवद्धता व्यक्त गरेको छ ।
प्रतिक्रिया 4