Comments Add Comment

मारियानोले पाए रोनाल्डोको ७ नम्बर जर्सी

१५ भदौ, काठमाडौं । फ्रान्सेली क्लब लायनबाट स्पेनिस क्लब रियल मड्रिड गएका स्ट्राइकर मारियानो मेजिया ७ नम्बर जर्सीमा देखिने भएका छन् ।

स्टार खेलाडी क्रिष्टियानो रोनाल्डो युभेन्टस गएपछि खाली रहेको ७ नम्बर जर्सी रियल मड्रिडले मारियानोलाई दिएको हो ।

रोनाल्डोले क्लब छाडेसँगै ७ नम्बर जर्सी कसले लगाउला भनेर फुटबल समर्थकमाझ बहस चलिरहेको थियो । अप्रत्याशित रुपमा मडि्रड आएका मारियानोले अप्रत्याशित रुपमै ७ नम्बर जर्सी पनि पाएका हुन् ।

डोमिनिक रिपब्लिकका स्ट्राइकरसमेत रहेका मारियानो रियल मड्रिडबाटै लायन गएको १४ महिनापछि नै मारियाना ३६ मिलियन युरोमा पुनः मड्रिड आएका हुन् । मड्रिडसँग पाँच वर्षको सम्झौता गरेका उनी शुक्रबारबाटै अभ्यासमा पनि सामेल भएका छन् ।

स्पेनमा जन्मिएका मारियानोले स्पानियोलबाट फुटबल सुरु गरेर प्रेमिया, सान्चेज लिब्रे, बाडालोना हुँदै रियल मड्रिडमै युथ करिअर बिताएका थिए । २०१० मा बाडालोनाको सिनियर टिमबाट खेलेका उनी २०१२ मा रियल मडि्रडको सी टिममा गएका थिए ।

त्यसपछि उनी रियल मडि्रडको सी, बी हुँदै पहिलो टिमबाट खेलेका थिए । जुन २०१७ उनी ८ मिलियन युरोमा लायन गएका थिए । त्यहाँ उनले ४५ खेल खेल्दै २१ गोल गरेका थिए भने ७ गोलका लागि अवसर मिलाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment