+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

बैंक्वेटको बदमासीः सडेको मासु र तरकारीको मिष्ठान्न भोजन

अनलाइनखबर अनलाइनखबर
२०७५ भदौ १६ गते २०:१०

१६ भदौ, काठमाडौं । शनिबार नयाँबजारस्थित ‘नयाँबजार मल्टी भेन्यू’को भान्छा कोठामा सिल गरिएको छ । यो पार्टी प्यालेलसको तयार भएका खानेकुरा बासी, सडेगलेकोर गुणस्तरहीन रहेको पाइएको छ ।

खाना बनाउन प्रयोग हुने मरमसला, पिठो लगायतका खाद्य पदार्थ पनि गुणस्तरहीन पाइएको छ ।  खानेकुरामा कैफियत रहेको आशंका लागेपछि पाहुनाहरुले उपभोक्ताकर्मीले अनुगमन टोलीलाई बोेलाएका थिए ।

निकैबेरको गलफत्ति पछि मात्रै अनुगमन टोलीले पार्टी प्यालसेमा सील गर्न सकेको थियो ।

बैंक्वेट अस्वस्थकर खानेकुरा खुवाइएको खुलेको छ । कुहिएकै मासु पकाएको आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभाग र खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको टोलीले भेट्टायो ।

बैंक्वेटका सञ्चालक राजु महर्जनले बासी खानेकुरा र मासु खुवाएको भन्दै गल्ती स्वीकारेका छन् । बैंक्वेटको भान्छा पनि फोहोर भेटिएको छ ।

सन् २०१५ मै म्याद सकिएका मसलाहरु प्रयोग भइरहेको तथा कुहिएका आलु, साग, सलादहरु फोहोर भेटिएका छन् । बैंक्वेटले प्रयोग गरेको प्रायः सबै खाद्यवस्तुमा लेभल समेत नभेटिएको उपभोक्ताकर्मी तिमल्सिनाले बताए ।











यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?