Comments Add Comment

प्रदेश २ का मुख्यमन्त्रीको पूँजी बजारप्रति चासो

१७ भदौं, काठमाडौं । प्रदेश नम्बर २ का मूख्यमन्त्री लालबावु राउतले आफ्नो प्रदेश राजधानीमै एउटा पनि ब्रोकर अफिस नभएको भन्दै आपत्ति जनाएका छन् । संघीय सरकारले पूँजी बजारको विस्तारका लागि ध्यान नदिएका कारण हालसम्म पनि प्रदेश २ मा ब्रोकर कार्यालय सञ्चालन हुन नसकेको भन्दै आपत्ति जनाएका हुन् ।

नेपाल पूँजीबजार लगानीकर्ता संघले जनकपुरमा आयोजना गरेको ‘बर्तमान सेयर बजारका अवसर तथा चुनौतीहरु’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै अब भने प्रदेश सरकारले नै यस विषयमा चासो दिने बताए ।

मूख्यमन्त्री राउतले शिक्षाकै उज्यालो घामवाट वन्चित रहेका यस प्रदेशका वेटीहरुलाई प्रेरणा हुने गरी नेपाल पूँजीबजार लगानीकर्ता संघले पहिलो महिला अध्यक्षमा राधा पोखरेललाई पाएको भन्दै खुसी व्यक्त गरे ।

‘म जहिले पनि महिला तथा वालवालिकालाई परेको अन्यायको विषयमा उभिने मानिस हूँ’ मूख्यमन्त्री राउतले भने, ‘पूँजी बजारको नेतृत्व महिलाले पाएको खबरले मात्रै पनि खुसी लागेको थियो ।’

पूँजी बजार विस्तारका लागि संघसाग सहकार्य गर्न प्रदेश सकार तयार रहेको समेत उनले बताए ।

कार्यक्रममा संघकी अध्यक्ष पोखरेलले प्रदेश २ काे राजधानीमा एउटा पनि ब्रोकर कार्य नहुनु साह्रै दुखद भएको र चाडै यस विषयमा गम्भिर बन्न अर्थमन्त्रालय, नेपाल धितोपत्र बोर्ड लगायतका निकायसाग संघले आग्रह गर्ने उनले बताइन् ।

आफू प्रदेश २ कै चेली भएका कारण यस प्रदेशका लगानीकर्ताको हित संरक्षण गर्नु आफ्नो दायित्व भएको अध्यक्ष पोखरेलले बताएकी थिईन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment