Comments Add Comment

संसदमा प्रधानमन्त्रीको जवाफ : गोकर्णमा चौरी हिलो भयो, सभागृह साँघुरो भयो

१९ भदौ, काठमाडौं । बिमस्टेक राष्ट्रहरुको शिखर सम्मेलन राष्ट्रियसभामा नगरेर किन होटलमा गरियो ? गोकर्ण रिसार्टमा हुने भनिएको रिटि्रट किन भएन ?

बहुपक्षीय आर्थिक तथा प्राविधिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) सम्मेलन सम्पन्न गरेको सरकारलाई यो प्रश्नले अझै छाडेको छैन ।

मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा पनि यही प्रश्नको सामना गर्नुपर्‍यो । प्रधानमन्त्रीले बिमस्टेक सम्मेलन सफलतापूर्वक सम्पन्न भएको बताएलगत्तै प्रतिपक्षी नेपाली कांग्रेसका सांसदहरुले यही प्रश्न गरे ।

जवाफमा ओलीले सम्मेलनका लागि राष्ट्रिय सभागृहमा धेरै असुविधा रहेको बताए । बैठकमा जानु अगाडि र फर्किने क्रममा बस्ने ठाउँदेखि धेरै असुविधा रहेको भन्दै उनले भने, ‘थुप्रै अभाव छ । अस्तव्यस्तता नहोस्, ट्राफिक व्यवस्थापन पनि सहज होस् भनेर राष्ट्रिय सभागृहमा नगरिएको हो ।’

सोल्टी होटलमा सम्मेलन गर्नु पशुपतिमा गर्ने पूजा बाटैमा गरे जस्तो नभएको उनले तर्क गरे ।

प्रधानमन्त्री ओलीले रिट्रिट गोकर्णमा नहुनुमा सरकारको कुनै दोष नभएको दाबी गरे । उनले भने, पानी परेर चौरी (चउर) हिलो भयो । हिलो चौरीमा हुन सक्ने भएन ।’

बिमस्टेक बैठक अहिलेकै मौसममा गर्नुपर्ने बाध्यता रहेको र पानी परेर रिट्रिट स्थल हिलो हुनु सरकारको दोष नभएको प्रधानमन्त्री ओलीले जिकिर गरे ।

जबकी गोकर्णमा गर्ने भरिएको रिट्रिट सम्मेलन आयोजना स्थल होटल सोल्टीमै गर्नुका कारण चाबहिल-जोरपार्टी-साँखु सडक मर्मतसम्भार नसक्नु भएको अधिकारीहरु बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment