+
+

संवैधानिक परिषद बैठकः अख्तियार प्रमुख सिफारिसको तयारी

अनलाइनखबर अनलाइनखबर
२०७५ भदौ २० गते ९:३६

२० भदौ, काठमाडौं । संवैधानिक परिषदको बैठक बसिरहेको छ । सिंहदरबारमा जारी बैठकमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा प्रमुख नियुक्तिको विषयमा छलफल भइरहेको स्रोतले बतायो ।

अख्तियार लामो समयदेखि प्रमुख आयुक्तविहीन छ । दीप बस्न्यातले अवकाश पाएपछि गत फागुनदेखि अख्तियार कार्यवाहकको भरमा चलिरहेको छ ।

हाल कार्यवाहकको जिम्मेवारी नविनकुमार घिमिरेले पाएका छन् । बैठकले घिमिरेलाई नै प्रमुख आयुक्तमा नियुक्ति सिफारिस गर्ने तयारी भइरहेको स्रोतले जनाएको छ ।

बैठकमा वित्त आयोगको अध्यक्ष नियुक्तिबारे पनि छलफल हुने बताइएको छ । वित्त आयोगमा बालानन्द पौडेल, पूर्व अर्थसचिव शान्तराज सुवेदी लगायतको चर्चा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?