+
+
Shares

प्रचण्डको भारत भ्रमण ३ दिन मात्र, नेकपाले बैठक बोलायो

अनलाइनखबर अनलाइनखबर
२०७५ भदौ २० गते १७:१६

२० भदौ, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल प्रचण्डले भारत भ्रमण छोट्याएका छन् ।

पार्टी सचिवालय र स्थायी कमिटी बैठकका लागि उनी पूर्वनिर्धारित कार्यतालिकाको तीन दिन अगावै स्वदेश फर्किने भएका छन् ।

प्रचण्ड भोलि भारत भ्रमणमा जाँदैछन् । उनी २६ गते र्फकने तय भएको थियो ।

तर, प्रचण्ड र पार्टीका अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीबीच भएको छलफलपछि २४ र २५ गते सचिवालय र २६ र २७ गते स्थायी कमिटी बैठक बोलाइएको छ ।

यो बैठकमा पार्टी एकताका साथै सरकारको कामकारबाहीको समिक्षा गर्ने एजेण्डा छ । बैठककै लागि प्रचण्डले भारत भ्रमण तीन दिनमा छोट्याएका छन् ।

उनी २३ गते नै स्वदेश र्फकने र २३ गते सचिवालय बैठक बस्ने नेताहरुको बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?