+
+

ला लिगा हेर्न अमेरिका जाने फ्यानलाई सहुलियत

अनलाइनखबर अनलाइनखबर
२०७५ भदौ २० गते २१:३९

काठमाडौं । ला लिगाले अमेरिकामा हुने खेल हेर्न जाने समर्थकलाई यात्रा र आवासमा सहुलियत लिने योजना बनाएको छ ।

स्पेनिस मिडियाहरुका अनुसार बार्सिलोनाविरुद्ध जिरोनाको होम गेम २७ जनवरीमा अमेरिकाको मायामीमा खेलाइनेछ ।

ला लिगाले एक खेल अमेरिकामा खेलाउन मिडिया कम्पनी रिलेभेन्टसँग १५ वर्षे सम्झौता गरेको छ । यद्यपि यसको स्पेनिस एफए र खेलाडीहरुले आलोचना गरेका छन् ।

ला लिगा श्रोतलाई उधृत गर्दै बीबीसीले लेखेको छ कि होम सिजनको टिकट भएका फ्यानहरुलाई यात्रा आवासमा सहुलियत दिने योजना छ ।

क्याटलान पत्रिका स्पोर्टका अनुसार गिरोना सिजनका लागि १५ सय फ्रि फ्लाइट र एक रात आवास उपलब्ध छ । तर, पछि फिर्ता पाउने गरी रकम जम्मा गर्नुपर्छ ।

अमेरिका जान नचाहने समर्थकहरुलाई अवे गेमको टिकट दिइनेछ, जुन बार्सिलोनाको घरेलु मैदान नाउक्याम्पमा २३ सेप्टेम्बरमा हुनेछ ।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १०, बुधबार
0 - 1
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?