Comments Add Comment

मल्टिप्लेक्समा ‘रोज’लाई उच्च शो, प्रदिपको स्टारडमले काम गर्ला ?

नायक प्रदिप खड्का एक चलचित्रमा काम गर्दा अर्को चलचित्रको बारेमा ध्यान दिदैनन् । एउटा चलचित्र रिलिज नभएसम्म अर्को चलचित्रमा काम नगर्ने उनको शैली गज्जबको छ । उनै, प्रदिप खड्का यतिबेला आफू अभिनित नयाँ चलचित्र ‘रोज’को प्रमोशनमा दौडधुप गरिरहेका छन् । हालै मात्र मोफसल टुर सकेर काठमाण्डौ फर्किएका प्रदिप अहिले राजधानी केन्दि्रत प्रचारमा व्यस्त छन् ।

चलचित्रको प्रचार तिव्रताका साथ अगाडि बढिरहेको समयमा भोलीबाट रिलिज हुन लागेको यो चलचित्रले कस्तो व्यापार गर्छ भन्ने अड्कलबाजी सुरु भएको छ ।

काठमाण्डौ लगायत देशभर नै सर्वाधिक हल भएको क्यूएफएक्समा उनको यो चलचित्रलाई १५ शो मिलेको छ । कुमारी, जय नेपाल, सिभिल, लबिम, छाया सेन्टर गरि यो चलचित्रलाई १५ शो दिइएको छ । चलचित्रले पाएको यो शोलाई राम्रो मान्नुपर्छ ।

निरक पौडेल निर्देशित यो चलचित्रमा प्रदिपको साथमा मिरुना मगर र परमिता आर एल राणाको मुख्य भूमिका छ । आफ्नै प्रेमिकालाई किन प्रेमीले हत्या गर्‍यो भन्ने रहस्यको वरिपरी यो चलचित्र घुमेको छ ।

चलचित्रको व्यापार प्रदिपको स्टारडमसँग जोडिएर हेर्ने गरिएको छ । प्रदिपको कन्सर्टमा देखिएको क्रेज हलमा देखिएला या नदेखिएला, भोली बिहानबाट थाहा हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment