Comments Add Comment

नेपाल र भुटानबीचको खेल सुरु, पहिलो पटक कप्तानको भूमिकामा किरण

२१ भ्दौ, ढाका बंगलादेश । साफ सुजुकी कप फुटबलमा नेपाल र भुटानबीचको खेल सुरु भएको छ । बंगलादेशको राजधानी ढाकास्थित बंगबन्धु राष्ट्रिय रंगशालामा सुरु भएको खेलमा नेपाल जितको खोजिमा छ ।

सेमिफाइनलमा पुग्ने आफ्नो सम्भावनालाई जिवितै राख्नका लागि आजको खेल नेपालले जित्नै पर्ने हुन्छ । नेपालले पहिलो खेलमा पाकिस्तानसँग २-१ गोलअन्तरले पराजित भएको हुदा पनि आजको खेलमा जित्नै पर्ने दबाब परेको हो । आजको खेलमा नेपाल भुटानसँग पराजित भएमा समूह चरणबाटै बाहिरिने छ ।

साफ च्याम्पियनसिपमा नेपाल र भुटानबीच अहिलेसम्म २ पटक भेट भएको छ । सन् २००३ मा बंगलादेशको राजधानी ढाकामा सम्पन्न साफ च्याम्पियनसिपमा नेपालले भुटानलाई २-० गोलअन्तरले पराजित गरेको थियो । त्यस्तै, सन् २००५ मा पाकिस्तानको कराँचीमा सम्पन्न साफ च्याम्पियनसिपमा भुटानलाई नेपालले ३-१ गोलअन्तरले पराजित गरेको थियो ।

किरण पहिलो पटक कप्तानी सम्हाल्दै

नेपाली टिमका नियमित कप्तान विराज महर्जन भुटानविरुद्धको खेलको सुरुवाती एघारमा परेका छैनन् ।

नेपाली टिमको कप्तानीको जिम्मेवारी पहिलो पटक किरण कुमार लिम्बुले पाएका छन् । यसअघि उनले सिनियर टिमको कप्तानको जिम्मेवारी पाएका थिएनन् ।

त्यस्तै, फरवार्ड नवयुग श्रेष्ठ, भरत खवासलाई पनि मुख्य प्रशिक्षक बालगोपाल महर्जनले बेन्चमा राखेका छन् ।

प्लेयिङ इलाभेन

गोलकिपर – किरण कुमार लिम्बु

डिफेन्डर – आदित्य चौधरी, अनन्त तामाङ, सुमन अर्याल, दिनेश राजवंशी

मिडफिल्डर – रोहित चन्द, विशाल राई, सुनिल बल, सुजल श्रेष्ठ, अन्जान विष्ट

फरवार्ड -बिमल घर्ती मगर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment