Comments Add Comment

महाभारतका अनौठो पात्र भूरिश्रवा कसरी मारिए ?

युद्ध क्षेत्रमा अत्यन्त प्रभावशाली तथा इन्द्रसमान पराक्रमी भूरिश्रवा महाभारत कुरुक्षेत्रको युद्धमा कौरवहरूको पक्षबाट लडेका थिए ।

उनको हजुरबुबाको नाम बाल्हिक तथा बाबुको नाम सोमदत्त थियो । सोमदत्तको छोरो भएको हुनाले भूरिश्रवालाई सौमदत्ती पनि भनिन्थ्यो । उनी बाल्हिक राज्यस्थित एक सानो क्षेत्रका राजकुमार थिए । भूरिश्रवाका हजुरबुबा बाल्हिक हस्तिनापुरका महाराज शान्तनुका दाजु  थिए । यस हिसाबले भूरिश्रवा कुरुवंशी थिए भने उनी नाताले दुर्योधनका काका पर्दथे ।

भनाइअनुसार कृष्णकी माता देवकीको स्वयंवरमा सोमदत्त राजकुमार सिनीसँग लडेका थिए । सिनीले  मित्र वसुदेवको पक्षबाट लडेर देवकीलाई वसुदेवका लागि जितेका थिए । कतैकतै अपहरण गरेका थिए समेत भनिन्छ तर यो किंवदन्ती मात्र मानिन्छ । जे होस् यो घटनाले गर्दा दुई राजवंशका बीचमा शत्रुताले जन्म लिएको थियो ।

महाभारत युद्धमा भूरिश्रवाले  भाइ शलसँग मिलेर थुप्रै योद्धाका साथ युद्ध गरेका थिए । शललाई  सहदेवका पुत्र श्रुतकर्माले वध गरेका थिए । महाभारत युद्धमा उनले  हजुरबुबा तथा बुबाका साथमा लागेर भाग लिएका थिए । भूरिश्रवा कौरव सेनाका एघार सेनापतिमध्येका एक थिए । भूरिश्रवा को रथमा यूप  (यज्ञको पशु बाँध्ने खम्बा) को चिहृन हुन्थ्यो । उक्त रथको ध्वजा सूर्यसमान प्रकाशित हुन्थ्यो भने त्यसमा चन्ऽमाको चिहृनसमेत दृष्टिगोचर हुन्थ्यो ।

महाभारत युद्धमा सम्भवतः १३औँ र १४औँ दिन सात्यकिले कौरव पक्षका अनेक उच्च कोटिका योद्धाहरूलाई मारेका थिए जसमा जलसन्धि, त्रिगर्तहरूको गजसेना, सुदर्शन, म्लेच्छहरूको सेना, कर्णपुत्र प्रसेन आदि थिए । यो देखेर भूरिश्रवाले सात्यकिमाथि आक्रमण गरे ।

भूरिश्रवाले यसअघि सात्यकिका १० जना छोराहरूलाई मारेका थिए । यसपछि सात्यकि र भूरिश्रवाका बीच घोर द्वन्द्व युद्ध हुन थाल्यो । सुरुमा धनुर्युद्ध, फेरि गदा युद्ध अनि अन्तमा तरवार युद्ध भयो । लड्ने क्रममा अचानक सात्यकिको हातबाट तरवार फुस्केर खस्यो ।

भूरिश्रवाले सात्यकिलाई तरवार उठाउनेसम्म पनि मौका नदिई टाउकाको कपालमा समातेर गर्दन छप्काउनका लागि तरवार के उजाएका थिए, उक्त दृश्य देखिरहेका अर्जुनले वाण प्रहार गरेर भूरिश्रवाको तरवारसहितको हात कुहिनामुनि काटिदिए ।

यसरी सात्यकिको ज्यान त जोगियो तर यसो गर्नु युद्धको नियम विपरीत थियो । भूरिश्रवा अर्जुनको यस प्रकारको हस्तक्षेपबाट औधि रिसाए ।

युद्धको नियमअनुसार जब दुई समान बलका योद्धा आपसमा लडिरहेका हुन्छन् त्यतिबेला तेस्रो योद्धाले बीचमा हस्तक्षेप गर्नु हुँदैनथ्यो । यस घटनाबाट दुःखी भूरिश्रवा युद्ध क्षेत्रमै आमरण अनशन बसे । तर सात्यकिले अचानक तरवार उठाएर निहत्था जमिनमा बसिरहेका घाइते भूरिश्रवाको टाउको छिनालिदिए ।

सात्यकिलाई श्रेष्ठ योद्धा मानिन्थ्यो । तर उनले क्रोधवश युद्धक्षेत्रमा यस प्रकारको अत्यन्त अनुचित कार्य गरे । सात्यकिले यस्ता प्रकारले भूरिश्रवालाई मारका हुँदा सैनिकहरूले उनको अभिनन्दन गरेनन् । यो देखेर सात्यकिले प्रश्न तेस्र्याए वा भनौं जवाफ दिए, जब अभिमन्युलाई तमाम योद्धा मिलेर एकसाथ प्रहार गरी मारिएको थियो त्यति बेला तिमीहरूको धर्म र नियम कहाँ लुकेको थियो ?

महाभारत युद्ध सकिएको धेरै समयपछि यदुवंशीहरूको एक सभामा कुनै विषयलाई लिएर कृतवर्मा तथा सात्यकिबीच विवाद उठ्यो । कृतवर्माले रिसाउँदै एक हात उठाएर सात्यकिको तिरस्कार गर्दै भने,र् अरे पापिष्ट सात्यकि, भूरिश्रवाको हात काटिएको थियो र उनी आमरण अनशनमा बसेका थिए, त्यस्तो अवस्थामा पनि तिमीले खुबै ठूलो वीर बनेर नृशंसतापूर्वक उनको हत्या गरिदिएका थियौ ? यो त वीरोचित नभई नपुंसकको जस्तो कार्य थियो ।’

यो कुरा सुनेर सात्यकि  क्रोधित भए । उनले तुरुन्तै तरवार निकालेर कृतवर्माको टाउको गिँडिदिए । यसबाट यादवहरूबीच आपसी विवाद चक्र्यो । उनीहरू एकापसमा लड्न थाले अर्थात् उनीहरूबीच मुसल युद्ध सुरु भयो र कृष्णका एक नाति बज्र बाहेक ५६ कोटि यादवहरूको समूल विनाश भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment