+
+

‘बकम्फुसे राजा’ बर्षा राउत फाइनल, सिवाकोटीले के गर्लिन् ?

अनलाइनखबर अनलाइनखबर
२०७५ भदौ २४ गते ११:४३

चलचित्र ‘बकम्फुसे राजा’ निर्देशन गर्न लागेका संचारकर्मी प्रकाश सुवेदी यो चलचित्रमा २ नायिकालाई मुख्य भूमिकामा काम गराउने तयारीमा छन् । चलचित्रका लागि उनले नायिकाद्धय बर्षा राउत र बर्षा सिवाकोटीलाई अफर गरेका छन् ।

हुनत, २ बर्षाविच देखिएको शितयुद्धको प्रत्यक्ष प्रभाव यो चलचित्रमा पनि देखिएको छ । उनले दुबै बर्षा लाई अफर गरेपनि नायिका बर्षा राउतले मात्र चलचित्र साइन गरेकी छिन् । प्रकाशले भने-‘चलचित्रमा दुबै बर्षा हुनेछन् भन्नेमा आशावादी छु । बर्षा राउतले साइन गरिसकेकी छिन् । बषर्ा सिवाकोटीले पनि साइन गर्नेछिन् भन्ने आशामा छु ।’

चलचित्रमा नायक खगेन्द्र लामिछाने मुख्य भूमिकामा रहनेछन् । कमेडी कथामा निर्माण हुन लागेको चलचित्रमा दुई बर्षालाई नै अभिनय गराउन सकेको खण्डमा फाइदा हुने विश्वास प्रकाशको छ ।

तर, बषर्ा सिवाकोटीले पनि चलचित्र साइन गर्नेछिन् भन्ने निर्देशक आशावादी त छन्, तर बर्षाले जवाफ दिइसकेकी छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?