+
+
Shares

मन्त्री फेरबदलमा प्रधानमन्त्रीले जे भन्नुभयो, त्यही हुन्छः प्रचण्ड

अनलाइनखबर अनलाइनखबर
२०७५ भदौ २४ गते १५:४९

२४ भदौ, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ४ दिने भारत भ्रमण सकेर आइतबार स्वदेश फर्किएका छन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उनले भ्रमणका क्रममा पुराना सम्झौता कार्यान्वयको विषयमा छलफल भएको बताए ।

दुई तिहाइ बहुमत प्राप्त सरकारको पक्षमा भूमिका खेल्न आफू भारत भ्रमणमा गएको बताउँदै प्रचण्डले भने, ‘स्थिर सरकार भइसकेपछि समृद्ध नेपाल भारतको पनि चाहना रहेछ ।’

उनले भ्रमणका क्रममा यसअघि भएका सम्झौता कार्यान्वयका विषयमा समेत कुराकानी भएको बताए । ‘भ्रमण आर्थिक समृद्धिका विषयमा केन्द्रित भयो, समग्रमा फलदायी भयो ’, उनले भने ।

मन्त्री फेरबदलबारे पत्रकारको जिज्ञासामा प्रचण्डले प्रधानमन्त्रीले भने जस्तै तत्काल हेरफेर नहुने बताएका छन् । ‘प्रधानमन्त्री ज्यूले जे भन्नु हुन्छ, त्यहीँ अधिकारिक हो,’ उनले भने, ‘गल्ती गर्नेलार्इ कारबाही हुन्छ भन्ने सन्दर्भमा कुरा अाएको हो । अब मन्त्रीहरूले सक्रियतापूर्वक काम गर्न थाल्नुभयो भन्ने मैले बुझेँ।’

भारत भ्रमण जानुअघि प्रचण्डले मन्त्रीहरूको फेरबदल हुनसक्ने बताएका थिए ।

भ्रमणका क्रममा उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, गृहमन्त्री राजनाथ सिंह, भारतीय विदेश मन्त्री सुष्मा स्वराजलगायतसँग भेटवार्ता गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?