२४ भदौ, ढाका । नेपालले साफ च्याम्पियनसिप फुटबलको सेमिफाइनलमा माल्दिभ्स प्रतिद्वन्द्वी पाएको छ ।
आइतबार भएको समूह बीको अन्तिम खेलमा भारतले माल्दिभ्सलाई २-० ले हराएपछि सेमिफाइनल समिकरण पुरा भएको हो । भारत समूह बीको विजेता बनेको छ ।
माल्दिभ्स र श्रीलंकाको अंक र गोलअन्तर पनि समान थियो । त्यसैले ड्रमार्फत समूह बीको उपविजेता छनोट भयो, जसमा माल्दिभ्स भाग्यमानी ठहरियो ।
अब उसले सेमिफाइनलमा नेपालसँग खेल्ने छ । नेपाल र माल्दिभ्सको खेल २७ गते हुनेछ ।
अर्को सेमिफाइनलमा भारत र पाकिस्तान भिड्ने छन् । भारत समूह बीको विजेता हो भने पाकिस्तान समूह एको उपविजेता हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4