+

रेफ्रीमाथि सेरेनाको आरोपमा डब्लुटिएको समर्थन

२०७५ भदौ  २५ गते १६:३० २०७५ भदौ २५ गते १६:३०
रेफ्रीमाथि सेरेनाको आरोपमा डब्लुटिएको समर्थन

२५ भदौ, काठमाडौं । महिला टेनिस एशोसिएसनले यूएस ओपनको फाइनल खेलका क्रममा रेफ्रीले आफूमाथि लैंगिक विभेद गरेको सेरेना विलियम्सको दाबीलाई समर्थन गरेको छ । सेरेना उक्त फाइनलमा जापानकी नाओमी ओशाकीसँग पराजित भएकी थिइन् ।

तर, खेलका क्रममा कोचबाट प्रशिक्षण लिएको भन्दै सेरेनालाई चेतावनी दिनुका साथै र्‍याकेट फ्याकेकोमा एक ‘पेनाल्टी प्वाइन्ट’ तथा रेफ्रीलाई चोर भनेकोमा एक ‘गेम पेनाल्टी’ दिइएको थियो ।

विलियम्सले भने आफूलाई दिइएको ‘गेम पेनाल्टी’ लैंगिक मुद्दा भएको दाबी गरेकी छन् ।डब्लूटीए कार्यकारी प्रमुख स्टिभ सिमोनले रेफ्रीले सेरेनामाथि पुरुष खेलाडीलाई भन्दा भिन्न व्यवहार गरेको बताइन् ।

‘डब्लूटीए मान्छ कि खेलका क्रममा पुरुष र महिलाले प्रदर्शन गर्ने आक्रोसलाई लिएर रेफ्रीको व्यवहारमा कुनै अन्तर हुनु हुँदैन । तर, गएराति त्यस्तो भएन,’ सिमानले वक्तव्यमा भनेकी छन् ।

यूएस ओपन सेरेना विलियम्स
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय