News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल एथ्लेटिक्स संघको अध्यक्षमा राजीव विक्रम शाहले निर्विरोध पुनः निर्वाचित भएका छन्।
- युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले संघको साधारण सभा र निर्वाचनको उद्घाटन गरेका थिए।
- उपाध्यक्षमा गायिका कोमल वलीसहित ६ जना निर्विरोध चयन भएका छन् र सचिवमा राधाकृष्ण विष्ट निर्वाचित भएका छन्।
१४ साउन, काठमाडौं । नेपाल एथ्लेटिक्स संघको अध्यक्षमा राजीव विक्रम शाहले नै निरन्तरता पाएका छन् । बुधबार काठमाडौंमा भएको संघको चुनावी साधारण सभाले शाहको नेतृत्वमा निर्विरोध नयाँ कार्यसमिति चयन भएको हो ।
निर्वाचनबाट कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री समेत रहेका शाहको अध्यक्षतामा १७ सदस्यीय केन्द्रीय कार्यसमिति समेत निर्विरोध चयन गरेको हो ।
उपाध्यक्षमा चर्चित गायिका कोमल वलीसहित जगत सिंह धामी, शैलेन्द्र खनाल, सन्तोषकुमार ढकाल, तेजेन्द्र थापा र गजबहादुुर गुरुङ निर्विरोध भए ।
यस्तै सचिमा राधाकृष्ण (आरके) विष्ट र कोषाध्यक्षमा मोहन बहादुर घले निर्विरोध भए । सदस्यहरुमा सन्जिव तुलाधर, अन्जु चाैधरी, दिल बहादुरबम, नन्दु काउचा, अनिरुद्र कुमार चौधरी, शिवलाल आचार्य, पदमा चाैधरी र मो. ज्याउल हक निर्वाचित भए ।
सदस्यमा निर्वाचित तुलाधरलाई नवनिर्वाचित अध्यक्ष शाहले पछि कार्यसमितिको बैठकबाट अनुमोदन गर्ने गरी महासचिवमा मनोनित गरेको घोषणा गरे ।
बुधबारै बिहान युवा तथा खेलकुदमन्त्रीतेजुलाल चाैधरीले एथ्लेटिक्स संघको साधारण सभा तथा निर्वाचनको उद्घाटन गरेका थिए ।
एसियन एथ्लेटिक्स संघका महासचिव ए सुग्गुमुरान तथा एसियन एथ्लेटिक्स संघका कम्पिटिसन डिरेक्टर सिके भाल्सनको पनि उपस्थितिमा निर्वाचन सम्पन्न भएको हो ।
नवनिर्वाचित पदाधिकारीलाई राष्ट्रिय खेलकुद परिषद्अन्तर्गत खेलकुद विकास विभागका प्रमुख एवं प्रमुख निर्वाचन अधिकृत सरोजकुमार पोखरेलले पद तथा गोपनीयताको शपथ ग्रहण गराएका थिए ।
प्रतिक्रिया 4