+

मोइनको खुलासा : कोहलीलाई सन् २०१९ मै आरसीबीको कप्तानबाट हटाउने तयारी थियो

२०८२ साउन  १४ गते १२:३० २०८२ साउन १४ गते १२:३०
मोइनको खुलासा : कोहलीलाई सन् २०१९ मै आरसीबीको कप्तानबाट हटाउने तयारी थियो

News Summary

Generated by OK AI. Editorially reviewed.
  • इंगल्याण्डका पूर्वक्रिकेटर मोइन अलीले विराट कोहलीलाई सन् २०१९ मै आरसिबीको कप्तानबाट हटाउने तयारी भएको खुलासा गरेका छन्।
  • मोइनले तत्कालीन प्रशिक्षक गेरी कर्स्टनको कार्यकालमा पार्थिव पटेललाई कप्तान बनाउने निर्णय लगभग तय भएको बताए।
  • कोहलीले २०१३ देखि २०२१ सम्म आरसीबीको कप्तानी गरेका थिए र २०२१ मा कप्तानीबाट राजीनामा दिएका थिए।

१४ साउन, काठमाडौं । इंगल्याण्डका पूर्वक्रिकेटर मोइन अलीले आईपीएल टोली रोयल च्यालेन्जर्स बेंगलुरु (आरसिबी)को कप्तानबाट विराट कोहलीलाई सन् २०१९ मै हटाउने तयारी भएको खुलासा गरेका छन् ।

भारतको स्पोर्ट्स तक च्यानलसँग कुरा गर्दै उनले तत्कालीन प्रशिक्षक गेरी कर्स्टनको कार्यकालमा पार्थिव पटेललाई कप्तान बनाउने निर्णय लगभग तयजस्तै भएको बताएका हुन्।

मोइन २०१९ देखि २०२० सम्म आरसीबीमा खेलेका थिए, त्यसपछि चेन्नई सुपर किङ्समा गएर उनले आफ्नो सबैभन्दा सफल समय बिताए।

विराट कोहलीले २०१३ देखि २०२१ सम्म आरसीबीको कप्तानी गरेका थिए। उनले २०१६ मा टोलीलाई फाइनलसम्म पुर्‍याए पनि त्यसपछि प्रदर्शन निराशाजनक रह्यो—टोली २०१७ र २०१९ मा अन्तिम स्थानमा रह्यो भने २०१८ मा छैटौँ भयो। यही कारण कोहलीको कप्तानी आलोचनाको विषय बनेको थियो।

मोइनले भने, ‘पार्थिव पटेलको क्रिकेटिङ सोच उत्कृष्ट भएको भन्दै उनलाई कप्तान बनाउने तयारी भएको थियो, त्यतिबेला यही कुरा चलिरहेको थियो, तर किन त्यो निर्णय लागू भएन, मलाई थाहा छैन।’

२०२० को संस्करणमा आरसीबी प्लेअफमा पुग्न सफल भयो। २०२१ मा कोहलीले कप्तानीबाट राजीनामा दिए र त्यसपछि फाफ डु प्लेसिस कप्तान बने।

२०२५ मा भने राजत पाटिदारको कप्तानीमा आरसीबीले पहिलो पटक आईपीएल उपाधि जित्यो, जसमा कोहलीले १५ खेलमा ६५७ रन बनाउँदै ठूलो योगदान दिए।

पार्थिव पटेलले भने २०१९ पछि आईपीएल खेलेनन् र पछि सन्यास लिए। उनी अहिले गुजरात टाइटन्सको मेंटरका रूपमा कार्यरत छन्।

मोइन अली विराट कोहली
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय