+
+

माछापुच्छ्रे बैंकले सुरु गर्यो आर्टिफिसियल इन्टेलिजेन्स ‘माया’को शुरुवात

अनलाइनखबर अनलाइनखबर
२०७५ भदौ २५ गते १६:५३

२५ भदौ, काठमाडौं । माछापुच्छ्रे बैंकले आर्टिफिसियल इन्टेलिजेन्स सेवा ‘माया’को शुरुवात गरेको छ । हाल अफिसियल वेबसाइट तथा फेसबुक मेसेन्जरमा उपलब्ध रहेको ‘माया’मार्फत बैंकका सेवा सुविधाहरु लगायत बैंकिङ्ग सम्बन्धी जिज्ञासाहरुको जवाफ पाउन सकिने बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

यी सेवा आर्टिफिसियल इन्टेलिजेन्समा आधारित भएकोले ग्राहकहरुसँगको अन्तरक्रियाबाट ‘माया’ले स्वयं पनि आफ्नो बौद्धिकता अभिवृद्धि गर्दै लैजाने बैंकको दावी छ ।

फेसबुक मेसेन्जरमा सम्पर्क गरी ग्राहकहरुले सातै दिन चौबिसै घण्टा आफ्नो खाताको ब्यालेन्स, खाताको विवरण, नजिकका शाखा, एटिएम, बैंकले प्रदान गरिरहेको बचत खाता, कर्जा, ब्याजदर, वित्तीय साक्षरता सम्बन्धि जानकारी ‘माया’मार्फत पाउन सक्ने बताइएकाे छ ।

विभिन्न स्रोत मार्फत सूचना संकलन गरेर ग्राहकहरुको प्रश्नको तत्कालै जवाफ दिन सक्ने ‘माया’काे क्षमता रहेको बैंकले भनेको छ ।

‘माया’सँग अन्तरक्रिया गर्न फेसबुक मेसेन्जरमा माछापुच्छ्रे बैंक सर्च अथवा मेसेन्जर कोड वा क्यूआर कोड स्क्यान गर्नुपर्नेछ । याे सेवा नेपालमै पहिलो पटक बैंकिङ्ग क्षेत्रमा प्रयोगमा ल्याएको उसको दावी छ । ग्राहकमाझ ‘माया’ले सरल, सहज, भरपर्दो तथा तुरुन्त जानकारी दिनसक्ने माध्यमको रुपमा बेग्लै परिचय बनाउने विश्वास बैंकको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?