+
+
Shares

नेपाल अब भूपरिवेष्टित राष्ट्र रहेनः प्रधानमन्त्री ओली

अनलाइनखबर अनलाइनखबर
२०७५ भदौ २७ गते १२:४५

२७ भदौ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल भूपरिवेष्टित राष्ट्रका रुपमा मात्रै नरहेको बताएका छन् ।

बेल्ट एण्ड रोड इनिसियटिभले राजधानीमा गरेको कार्यक्रममा प्रधानमन्त्री ओलीले चीनका बिभिन्न बन्दरगाहमार्फत नेपालले तेस्रो मुलुकसम्म वस्तु आयात/निर्यात गर्न पाउने गरी सहमति भइसकेको उल्लेख गर्दै नेपाल जस्तो भूपरिवेष्टित राष्ट्रका लागि चीनसँगको सहमति ठूलो अवसर भएको बताए ।

यही भदौ २२ गते पारवहन सम्झौता प्रोटोकलको तेस्रो परामर्श बैठकले मस्यौदालाई अन्तिम रुप दिँदा चीनले नेपाललाई आफ्ना ७ वटा बन्दरगाहमार्फत तेस्रो मुलुकसम्म वस्तु आयात/निर्यात गर्न दिन सहमति जनाएको थियो ।

चीनसँगको सहमतिले नेपालले वैदेशिक ब्यापारमा चीनतर्फका ठूला बन्दरगहा पनि प्रयोग गर्न पाउने सुनिश्चित भएको उनले बताए । नेपालले सामान आयात निर्यात गर्दा चीनका रेल, बन्दरगाह, वा अन्य यातायातका मार्ग प्रयोग गर्न सक्ने सहमतिले नेपालको आर्थिक विकासमा ठूलो टेवा पुग्ने भन्दै प्रधानमन्त्री ओलीले नेपालमा लागानीका लागिसमेत प्रोत्साहन गर्ने बताए ।

प्रधानमन्त्री ओलीले भारत र चीनसँग मिलेर नै नेपालले आफ्नो आर्थिक विकासको लक्ष्य पूरा गर्न सक्ने भन्दै दुबै देशसँग रेल विस्तारबारे छलफल निकै अगाडि बढिसकेको बताएका छन् ।

चीन र भारत दुबै देशले काठमाडौँसम्म रेल ल्याउन चाहेको उल्लेख गर्दै उनले दुबै देशसँग रेल विस्तारबारे छलफल छलिरहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?