२७ भदौ, काठमाडौं । काठमाडौंको कीर्तिपुरमा विदेशी पर्यटक लुटिएका छन् । इटालियन नागरिक ५२ वर्षीय ओसेपिल्डोको ४ हजार ३ सय युरो चोरी भएको हो ।
यो रकम ५ लाख ७५ हजार ३ सय ५३ नेपाली रुपैयाँ बराबर हो । प्रहरीका अनुसार सोमबार राति धादिङको रिजालथोक घर भइ हाल कीर्तिपुर–९, पाँगा दोबाटो बस्ने गोपी परियारको कोठामा गएका उनको पैसा राति नै चोरी भएको थियो ।
बिहान उठ्दा मात्रै उनले आफ्नो पैसा चोरी भएको थाहा पाएको काठमाडौं प्रहरी परिसरले जनँएको छ । घटनाको अनुसन्धानका लागि दुई जनालाई प्रहरीले समातेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4