Comments Add Comment

प्रेमसम्बन्धमा धेरै सोच्नु किन खतरनाक हुन्छ ?

कुनै सम्बन्धमा हुनुहुन्छ भने तपाईं आफ्नो पार्टनरको लागि प्रतिबद्ध हुनुपर्छ । प्रतिबद्ध भएर उनको राम्रो ध्यान राख्ने र उनीहरुलाई खुसी बनाउन अनेकथोक गर्ने कोसिस पक्कै गर्नुपर्छ ।

तर, कहिलेकाँही यही कुराले सम्बन्धमा फाटो ल्याउन सक्छ । सम्बन्धको बारेमा धेरै गम्भिर भएका सोच्दा पनि सम्बन्ध टुट्न सक्छ ।

त्यसो भन्नुको अर्थ प्रेमसम्बन्धको बारेमा सोच्दै नसोच्ने भनेको होइन तर सोच्ने र धेरै सोच्नेको बीचमा एउटा झिनो रेखा हुन्छ जसलाई कैयौंपटक मानिसहरुले नाघ्न सक्छन् । र, त्यसै कारण सम्बन्ध टुट्ने स्थितीमा पुग्न सक्छ ।

केही मानिसहरु आफ्नो सम्बन्धमा हुनसक्ने चीजहरुको बारेमा यति धेरै गम्भिर भएर सोच्छन् जसले सम्बन्ध राम्रो र सुमधुर हुनको सट्टा एकअर्कामा मनमुटाव हुन थाल्छ । धेरै सोच्नाले  सम्बन्धलाई कठिन मोडमा पुर्याउन सक्छ ।

असुरक्षाको भावना

आफ्नो प्रेम सम्बन्धको बारेमा धेरै सोच्न थाल्नुहुन्छ भने तपाईं सम्बन्धमा हुने हरेक स-साना चीजलाई लिएर प्रश्न उठाउन थाल्नुहुन्छ । यसैको कारणले सम्बन्धमा असुरक्षाको भावना पैदा हुन थाल्छ जुन सुमधुर प्रेम सम्बन्धको लागि ठिक हुँदैन ।

वर्तमानमा जिउन बिर्सने

हरेक सम्बन्धमा एक अर्काको साथमा पर्याप्त समय बिताएर एक अर्काको भावना बुझ्ने प्रयास गर्नुपछ । सम्बन्धमा केही पनि हुन भन्दा पहिले देखि नै त्यसबारे सोच्न सकिँदैन ।

यदि तपाईं सँधै भविष्यमा सम्बन्ध के हुनेछ भनेर सोच्न थाल्नुहुन्छ भने त्यतिखेर तपाईं वर्तनमानमा जिउन भुल्नुहुन्छ र भविष्यको बारेमा मात्रै सोच्नुहुन्छ । यसले सम्बन्धलाई नै अप्ठेरो मोडमा पुर्याउन सक्छ ।

झै–झगडा भइरहने

धेरै सोच्ने कारणले आफ्नो पार्टनरको आलोचना गर्न थाल्नुहुन्छ । सम्बन्धको सुरुवातमा तपाईंलाई आफ्नो पार्टनरको सबै कुरा मन पर्छ तर जब तपाईंहरु एक अर्कासँग नजिकिँदै जानुहुन्छ तपाईंहरुलाई एक अर्काको कमजोरी थाहा हुन्छ ।

यस्तोमा धेरै गम्भिर भएर सोच्ने बानी छ भने तपाईं आफ्नो पार्टनरको हरेक निर्णयमा प्रश्न गर्न थाल्नुहुन्छ । तपाईंको यस्तो हर्कतको कारण पार्टनरको चित्त दुख्छ र एक आपसमा झैझगडा हुन थाल्छ ।

उदास रहने

तपाईं सँधै सम्बन्धको बारेमा सोचिरहनुहुन्छ भने बिना कुनै कारण पनि उदास हुन थाल्नुहुन्छ । तपाईंलाई आफू कुनै सहि मानिसको साथमा सम्बन्धमा छैन कि जस्तो लाग्छ र सम्बन्धलाई लिएर उत्साहित हुन सक्नुहुन्न ।

तुलना गर्ने

आफ्नो सम्बन्धको बारेमा धेरै सोच्ने बानीको कारण तपाईं अरुसँग आफ्नो सम्बन्धलाई तुलना गर्न थाल्नुहुन्छ । यस्तो तुलना सम्बन्धको लागि हानीकारक हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment