चलचित्र ‘बाँध मायाले’को मुख्य भूमिकामा नायक आर्यन अधिकारी र नायिका श्रृष्टी श्रेष्ठ छन् । आर्यन र श्रृष्टीको रोमान्टिक गीतहरु प्नि सार्वजनिक भैरहेका छन् ।
तर, यसको निर्माणपक्षले असोज ५ गतेबाट रिलिज हुन लागेको चलचित्रको तेश्रो गीत सार्वजनिक गरेको छ । ‘सँगसँगै’ बोलको गीतमा सुगम पोखरेल र अन्जु पन्तको स्वर, अर्जुन पोखरेलको शब्द तथा संगीत छ ।
यो गीतको भिडियोमा भने नायिका श्रृष्टी श्रेष्ठसँगै नव-कलाकार किशोर खड्का देखिएका छन् । यी दुइको रोमान्टिक अवतारलाई भिडियोमा उतारिएको छ ।
सविर श्रेष्ठको निर्देशनमा तयार भएको यो चलचित्रले प्रेमको कथा भन्छ । चलचित्रको ट्रेलरले एक प्रकारको हाइप बनाइसकेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4