Comments Add Comment

सबैभन्दा प्रभावकारी गर्भनिरोधकबारे महिलाहरु किन अनभिज्ञ ?

दाम्पत्य जीवनमा यौनसुखको खास महत्व र अर्थ छ । भनिन्छ, दाम्पत्य जीवन सुखमय बनाउनका लागि उनीहरुबीच सुमधुर यौन सम्बन्ध पनि स्थापित हुनुपर्छ । केही तथ्यहरुले यो पनि भन्छ, हप्तामा दुई वा तीन पटक दम्पतीबीच शारीरिक सम्बन्ध हुन आवश्यक छ ।

जब दम्पतीको यौन-जीवन विथोलिन्छ, उनीहरुमा क्रमस फाटो आउन थाल्छ । मनमुटाव हुन्छ । शंका-उपशंका पैदा हुन्छ । त्यसैले दम्पतीबीच यौन सम्बन्ध अपरिहार्य मानिन्छ ।

तर, यौन सम्पर्कपछि गर्भ रहने संभावना हुन्छ । सन्तानका रहर पुरा गरिसकेकाहरुलाई पुन गर्भ रहेमा त्यो संकट बनिदिन्छ । अनिच्छित गर्भ रहेमा मात्र दुई बिकल्प बाँकी रहन्छ, कि सन्तान जन्माउनु पर्‍यो । या त गर्भ तुहाउनु पर्‍यो । यी दुबै कामले आमाको स्वास्थ्यमा नोक्सान पुर्‍याउँछ ।

त्यही कारण अक्सर दम्पतीले सुरक्षित यौनसम्बन्धका लागि गर्भनिरोधक उपायहरु अपनाउने गर्छन् । यसमा अनेक उपाय छन् । गर्भनिरोधका साधनदेखि गर्भ रहेमा सेवन गरिने आकस्मिक चक्कीसम्म । हाम्रो समाजमा बन्ध्याकरण गर्नेलगायत अनेक साधन प्रयोग गरिन्छ । तर, यी भन्दा पनि फरक तर सफल विकल्प छ, जसबारे महिलाहरु भने बेखबर छन् । यसै सन्दर्भमा बिबिसी हिन्दी अनलाईनले प्रकासित गरेको लेख यहाँ प्रस्तुत गरिएको छ ।

के हो विकल्प ?

एक विकल्प हो, आईयूडी अर्थात इन्ट्रा यूटेराइन डिभाईस् । आकारमा सानो पेपर क्लिप जस्तै देखिने आईयूडी केही आकारमा उपलब्ध हुनेगर्छ ।

हामीकहाँ अंग्रेजी अक्षर टिको आकारयुक्त डिभाइस, अर्थात कपर टि प्रचलनमा छ । यो प्लाष्टिकको हुन्छ । यसमा धागो निकालिन्छ ।

पश्चिमी देशमा यसको माग बढी छ । यसलाई महिलाको कोखमा फिट गरिन्छ । कम्पनी र क्वालिटीको आधारमा यो डिभाइस गर्भाशयमा करिब १२ बर्षसम्म राख्न सकिन्छ ।

यसलाई सबैभन्दा सफल गर्भनिरोधक मानिन्छ ।

उदाहरणका लागि, एशियामा २७ प्रतिशत महिला आईयूडी गर्भ निरोधक डिभाइसको प्रयोग गर्छन् । जबकी उत्तरी अमेरिकामा ६ दशमलव १ प्रतिशत, अष्ट्रेलिया र न्यूजिल्यान्डमा दुई प्रतिशत महिला यसको बारेमा जान्दछन् ।

आखिर यति प्रभावकारी चिजको बारेमा महिलाहरु किन अनभिज्ञ छन् ?

मार्केटिङमा ध्यान दिइएन

अमेरिकामा यसको मार्केटिङबारे उति ध्यान दिइएको छैन । औषधी कम्पनीले गर्भनिरोधक गोलीको प्रचार अत्याधिक गरेका छन् । त्यसबाटै राम्रै पैसा पनि कमाएका छन् । त्यही कारण महिला त्यस गोलीको बारेमा बढी उत्सुक छन् । जानकार छन् । त्यसको प्रयोग पनि गरिरहेका छन् ।

गैर नाफामुखी ह्यमन डेभलोपमेन्ट संस्था एफएचआई ३६० मा काम गर्ने महामारीका जानकार डेभिड ह्यबचर भन्छन् कि, थुप्रै कम्पनीले केही प्रकारका गोली बजारमा उतारिसकेको छ । सबै गोलीको फर्मूला करिब उस्तै हो । तर, हरेक कम्पनीले आफ्नो गोली गर्भनिरोधका लागि सर्वोत्कृष्ट भन्दै बजारमा बिक्री गर्ने गर्छ ।

आईयूडी १९८८ देखि बजारमा उपलब्ध छ । तर, यसको प्रचार एवं मार्केटिङमा खास ध्यान दिइएको छैन ।

आईयूडीबारे भ्रम

आईयूडीको बारेमा जानकारीको कमी हुनुमा अरुपनि कारण छन् । यस सम्बन्धमा केही किसिमको अफवाह मानिसहरुमा फैलिएको थियो । जस्तो कि आईयूडीले सेक्सुअल लाईफमा नराम्रो असर गर्छ । यसले धेरै दुख्छ । सबैभन्दा ठूलो भ्रम त  के फैलिएको छ भने, आईयूडीले बाझोपन हुनसक्छ ।

मानिसहरुमा यस किसिमको भ्रमको पहिलो प्रमाण १९ औं सताब्दीमा मिलेको थियो । आईयूडी बनाउने पहिलो अनुसन्धानकर्ता पनि यसमा केही प्रयोग गर्न खोजिरहेका थिए । त्यसबीचमा सन् १९२० मा जर्मनीको डाक्टर अन्स्र्ट ग्रेफेनबर्गले यसको सबैभन्दा प्रभावकारी भर्सन तयार गरेका थिए ।

ग्रेफेनबर्गले डिजाइन गरेको आईयूडी एक सादा छाला जस्तो थियो, जसलाई गर्भाशयमा लगाइन्थ्यो । त्यसबेला पनि डा. ग्रेफेनबर्ग आफ्नो प्रोजेक्टमा काम गरिरहेका थिए । तर, जर्मनीका नाजीले उनलाई पक्राउ गरेर जेल चलान गरे ।

जेलमुक्त भएपछि उनी अमेरिका आए र सोही परियोजनालाई निरन्तरता दिए । चीनमा वान चाइल्ड पोलिसी सफल बनाउन यही आईयूडीको अहंम् भूमिका छ ।

अहिले त चीनले पनि केही किसिमको डिभाईस बनाएको छ । तर, त्यसलाई शरीरबाट बाहिर निकाल्नका लागि अपरेशन गर्नुपर्ने हुन्छ ।

सन् १९६० मा अमेरिकाले डलकोन शील्ड नामको आईयूडी बजारमा उतार्‍यो । यो डाक्टर ग्रेफेनबर्गले बनाएकै आईयूडी जस्तो थियो । तर, यो आकारमा ठूलो थियो । यसमा घोडाको नाल जस्तै तार निकालिएको हुन्थ्यो ।

गर्भनिरोधक चक्कीको असर

खासमा उत्कृष्ट एवं प्रभावकारी आईयूडी बनाउने लक्ष्य राखिएको थियो । तर, यसको हानी बढी भयो । यसबाट इन्फेक्सन पनि बढी हुन थाल्यो । यो डिभाइस अमेरिकामा एकदम नराम्ररी असफल भयो । अमेरिकामा ५० हजार महिलाले यो डिभाइस बनाउने कम्पनी बिरुद्ध उजुरी गरे ।

तर, आईयूडीको आधुनिक संस्करण भने हानीरहित छ । प्रभावकारी पनि । यद्यपी यसबारे जनमानसमा जानकारी छैन । अहिले कति महिला ओछ्यान छाड्नसाथ गर्भनिरोधक चक्की चपाउने गर्छन् । चक्की सेवनले शरीरमा हानी गर्छ । जबकी आईयूडी लगाएपछि यति धेरै चक्की खानुपर्ने वाध्यता नै रहँदैन । महिलाले शारीरिक तथा मानसिक तनाव पनि झेल्नुपर्दैन ।

भन्न त के भनिन्छ भने, गर्भनिरोधक गोली खानाले गर्भधारण हुने संभावना लगभग एक प्रतिसत मात्र हुन्छ । तर, व्यवहारिक रुपमा हरेक महिना महिलाले करिब पाँच दिन चक्की खान विर्सिन्छन् । त्यही कारण गर्भधारण हुने संभावना ९ प्रतिशसम्म रहन्छ ।

यदी कुनै महिला दश बर्षसम् मगर्भनिरोधक चक्की सेवन गर्छ भने उनमा गर्भवती हुने संभावना ६१ प्रतिशत बढ्छ । अर्थात यति धेरै चक्की खानुको कुनै अर्थ रहँदैन ।

एक अनुमान अनुसार गर्भनिरोधक चक्की खाएपछि पनि हरेक बर्ष ९ लाख ६० हजार महिला गर्भवती हुने गर्छन् । त्यसो त लामो समयसम्म गर्भनिरोधक चक्की सेवन गर्दा शारीरिक हानी पनि हुन्छ ।

गर्भ निरोधको जतिपनि साधन छन्, चाहे त्यो कन्डोम होस् वा अन्य विधी । व्यवहारिक रुपले ति शत्प्रतिशत सुरक्षित हुँदैनन् । तर, आईयूडी यी सबै माध्याम भन्दा भिन्न छ । कपर आईयूडी एक बर्षमा गर्भधारण गर्नका लागि एक प्रतिशत मात्र मौका दिन्छ । र, दश बर्षमा करिब आठ प्रतिशत ।

आईयूडी दुई कारणले उपयोगी छ । पहिलो त, आईयूडी लगाएपछि कोखमा रगतको ह्वाइट सेल तिब्र रुपमा त्यहा पुग्छ, जहाँ स्पर्म हुन्छ । यो ह्वाइट सेलले तिब्र रुपमा स्पर्मलाई नष्ट गर्छ । एक अध्ययन अनुसार आईयूडीले यस्तो सेलको संख्या हजार गुणा बढाइदिन्छ ।

आईयूडीको दोस्रो फाइदा, त्यसको गुणवत्तामा निर्भर गर्छ । आईयूडीको हर्मोनल भर्सन महिलाको कोखमा पैदा हुने अन्डासम्म स्र्पमलाई जान दिदैन । यसका साथै कपर आईयूडी पूर्ण रुपमा स्पर्म किलर हो ।

आईयूडीको फाइदा आफ्नो ठाउँमा छ । यसको केही हानी पनि छ । तर, फाईदाको तुलनामा हानी एकदम कम छ । पहिलो त, आईयूडी डिभाईस जब लगाइन्छ, तब यो गर्भाशयको झिल्लीको साहराले माथि जान्छ । यसमा कुनैपनि किसिमको मेडिकल समस्या आउन सक्छ । तर, यो एकदमै कम हुनसक्छ । सायद एक हजारमा एक जनालाई हुनसक्छ ।

दोस्रो, यसलाई लगाउँदा कहिले काहीँ इन्फेक्सन पनि हुनसक्छ । साथै आईयूडी यदी ठिक ढंगले लगाइएन भने गर्भवती हुने जोखिम गर्भमा नभएर फेलोपिन ट्युबमा पनि हुनसक्छ । तर, यस्ता कुनैपनि समस्या भएमा आईयूडी निकाल्न सकिन्छ ।

महिलालाई लाग्न सक्छ कि, आईयूडी लगाउँदा दुखाई हुनसक्छ । तर, त्यस्तो हुँदैन । सामान्य दुखाई त आवश्य हुन्छ । तर, त्यो केही समयका लागि मात्र हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment