Comments Add Comment

थामी समुदायका बालबालिकाको पढाई खर्च गाउँपालिकाले व्यहोर्ने

३१ भदौ, रामेछाप । नेपालकै अति सिमान्तकृत र विपन्न थामी समुदायका बालबालिकाहरुले अब पढ्नको लागि कुनै खर्च गर्नु नपर्ने भएको छ । रामेछापको खाँडादेवी गाउँपालिकाले थामी समुदायका सम्पूर्ण बालबालिकाहरुको पढाई खर्च व्यहोर्ने भएको छ ।

हालसम्म समुदायबाट एकजनाले पनि एसइई उत्तीर्ण नगरेका सो समुदायका बालबालिकाको सम्पूर्ण पढाई खर्च गाउँपालिकाले व्यहोर्न लागेको खाँडादेवी गाउँपालिकाका अध्यक्ष प्रेमबहादुर तामाङले बताए ।

गाउँपालिका भित्र अध्ययन गर्ने सम्पूर्ण ६६ जना थामी समुदायका बालबालिकालाई गाउँपालिकाले पहिलो चरणको विद्यालय सामाग्री वितरण गरेको छ । विद्यार्थीहरुलाई स्कुल झोला, विद्यालय पोशाक, जुत्ता मोजा, कपि कलम लगायतका सामगि्रहरु प्रदान गरिएको हो ।

उनीहरुलाई पहिलो चरणमा यी सामाग्रीहरु वितरण गरिएको भए पनि आवश्यकताअनुसार थप सामान नियमित प्रदान गरिने गाउँपालिकाका अध्यक्ष प्रेम तामाङले बताए । उनीहरुले पढेसम्म पढ्न लाग्ने सबै खर्च गाउँपालिकाले व्यहोर्ने अध्यक्ष तामाङले जानकारी दिए । यो सहयोग प्राथमिक तहदेखि उच्च शिक्षा अध्ययन गर्नेसम्मलाई हुने पनि उनले बताए ।

गाउँपालिकाले नीति नै बनाएर उनीहरुलाई नियमित सहयोग गर्ने व्यवस्था मिलाएको उनले जानकारी दिए ।

उनले खाँडादेवी गाउँपालिकाभरि माध्यमिक तहसम्मको शिक्षा एकै खालको हुने पनि बताए । यस वर्ष एक कक्षाबाट सुरु भरको अंग्रेजी माध्यमको पढाई अब क्रमशः १० कक्षासम्म पुग्ने उनले जानकारी दिए ।

रामेछाप जिल्लामा खाँडादेवीसँगै दोरम्बा गाउँपालिकामा पनि थामी समुदायको बसोबास छ । खाँडादेवी गाउँपालिकाको वडा नं ७ खाँडादेवीमा थामी समुदायको बसोबास छ । त्यस्तै दोरम्बा गाउँपालिकाको डडुवा र दोरम्बामा थामी समुदायको बसोबास छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment