+
+
Shares

मकवानपुरका ४० छात्रालार्इ साइकल

अनलाइनखबर अनलाइनखबर
२०७५ असोज २ गते १८:०५

२ असोज, हेटौंडा । मकवानपुरको ग्रामीण क्षेत्रका ८ विद्यालयका ४० जना छात्राहरुलाई साइकल वितरण गरिएको छ । विद्यालयसम्म पुग्न सहजहोस् भनी उनीहरुलाई साइकल वितरण गरिएको हो ।

मंगलबार एक कार्यक्रमका बीच प्रदेश ३ का मुख्यमन्त्री डोरमणी पौडेलले बिभिन्न विद्यालयमा अध्यनरत छात्रा विद्यार्थीहरुलाई साइकल हस्तान्तरण गरेका थिए ।

विद्यालय व्यवस्थापन र शिक्षकले गरेको मूल्याङकनका आधारमा प्रतिविद्यालय ५ जना छात्राहरु छनौंट गरिएको थियो ।

साइकल हस्तान्तरण गर्दै मुख्यमन्त्री पौडेलले मानब बेचबिखनको सुचाङकमा प्रदेश अगाडि रहेको भन्दै बेचबिखन रोक्नका लागि शिक्षामा पहुँच पुर्‍याउन आवश्यक रहेको बताए ।

अहिलेको शिक्षा व्यवहारीक नभएको बताउँदै मुख्यमन्त्री पौडेलले व्यवसायिक शिक्षा र प्राबिधिक शिक्षामा जोड दिनुपर्ने बताएका छन् ।

मकवानपुर, धादिङ, सिन्धुपाल्चोक जस्ता जिल्लाबाट प्रलोभनमा परेर चेलिबेचि बेचबिखन हुने अबस्था आउँन नदिनका लागि गाउँमै काम गरेर खाने जीजवनयापन गर्ने खालको शिक्षाको आवश्यकता रहेको बताए ।

प्रदेशका ११९ वटै स्थानीय तहमा प्राबिधिक शिक्षा अध्ययनका लागि सरकारले तयारी थालेको बताए ।

अब अनिवार्य रुपमा प्राबिधिक शिक्षा अध्ययन हुन्छ । सरकारले प्राबिधिक शिक्षा अध्यापन भएका ठाउँमा सहयोग गर्ने र नभएका स्थानमा सञ्चालनको लागि प्रोत्साहन गर्ने काम गरीरहेको जानकारी दिए ।

जिल्लाको राष्ट्रय माबि, रोटरी माबि, जनजाग्रिती माबि, बाल जाग्रिती युवा वर्ष माबि, बालउज्जवल माबि, निर्मल माबि, महेन्द्र माबि र जनज्योती माबिमा अध्ययनरत ५/५ जना छात्राहरुलाई साइकल बितरण गरिएको माइती नेपाल केन्द्रीय कार्यवाहक अध्यक्ष बिश्वराज खड्काले जानकारी दिए ।

विदेशी सहयोती सँस्था एन्टिमा फाउण्डेसनको सहयोगमा माइती नेपालले छात्राहरुलाई साइकल बितरण गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?