Comments Add Comment

खानेपानी मन्त्रालयमा विदेश भ्रमणमा कडाइ, मन्त्री भन्छिन् : यो काम गर्ने बेला हो

२ असोज, काठमाडौं । खानेपानी मन्त्री बिना मगरले खानेपानी मन्त्रालय र मातहतका निकायका कर्मचारीहरुलाई विदेश भ्रमण जानमा रोक लगाएकी छन् ।

मंगलबार आकस्मिक रुपमा मन्त्रालयका सचिव, सहसचिव र मातहतका विभिन्न विभागीय प्रमुखलाई बोलँएर उनले विदेश भ्रमण रोक्न निर्देशन दिएकी हुन् ।

अहिले काम गर्नुपर्ने बेला भन्दै उनले अनावश्यक हुने गरेको भ्रमण रोक्नु अति आवश्यक रहेको बताइन् । ‘अहिले काम गर्ने बेला हो । जनताले सरकारसँग राखेको अपेक्षा पूरा गर्नु पर्ने समय हो । यो समयमा अति आवश्यक भए मात्र भ्रमणमा जाने हो । नत्र भ्रमणमा नजानुहोला’ उनले भनिन् ।

मन्त्री मगरले आफू पनि आवश्कयता हेरेर मात्र विदेश भ्रमणमा जाने बताइन् ।  ‘म आफैं पनि भ्रमणको आवश्यकता हेरेर मात्र जान्छु नत्र जाँदिन । तपाईंहरु पनि नजानुहोला । अति आवश्यक भए मात्र भ्रमण स्वीकृत हुन्छ नत्र हुँदैन’ उनले भनिन् ।

देशैभरी ढलको अनुगमन हुने 

खानेपानी मन्त्रालयले देशैभरी ढलको अनुगमन गर्ने भएको छ । मन्त्री बिना मगरले देशभरी ढलको समस्या बढ्दै गएको भन्दै व्यावसायिक अपार्टमेन्ट, अस्पताल लगायत विभिन्न क्षेत्रका ढलहरुको अनुगमन गर्ने बताइन् । प्रारम्भिक प्रशोधन गरेर मात्र ढल फाल्नुपर्ने नीतिगत व्यवस्था गर्न लागिएको पनि उनले जानकारी दिइन् ।

काठमाडौं उपत्यकामा रहेका अस्पताल, उद्योग, अपार्टमेन्ट र संयुक्त आवासको ढल अनुगमन गर्न विशेष कार्यदल समेत गठन गरेको छ । खानेपानी तथा ढल निकास विभागकी उपमहानिर्देशक मीना श्रेष्ठको संयोजकत्वमा ६ सदस्यीय काठमाडौं उपत्यका ढल अनुगमन तथा निरीक्षण व्यवस्थापन कार्यदल गठन गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment