Comments Add Comment

सफल शल्यक्रियापछि मदनकृष्ण डिस्चार्ज

वरिष्ठ हास्यव्यंग्य कलाकार मदनकृष्ण श्रेष्ठको मष्तिस्कको सफल शल्यक्रिया भएको छ । अन्नपूर्ण न्यूरो अस्पतालमा गत भदौ २८ गते डिप ब्रेन स्टुमुलेसन -डीबीएस) शल्यक्रियापछि उनी घर फर्केका छन् ।
अस्पतालका डा. रेशा श्रेष्ठ र डा. बसन्त पन्तले शल्यक्रिया गरेका थिए । पार्किन्सन्स रोगबाट पिडित श्रेष्ठको चार वर्षअघि मस्तिष्कको बायाँतर्फ चिप्स राखिएकोमा अहिले शल्यक्रिया गरी दायाँ साइडमा पनि राखिएको हो । अहिले आफ्नो स्वास्थ्यमा केही सुधार आएको श्रेष्ठले जानकारी दिएका छन् ।

उनको मस्तिष्कको बायाँतर्फ राखिएको चिप्सले शरीरको दायाँ भाग चल्ने गरेको छ । तर वायाँतर्फ पनि समस्या आएपछि अहिले दायाँतर्फ चिप्स राखिएको हो । पार्किन्सन्स नियन्त्रणका लागि उनको दिमागमा राखिएको पेसमेकरमा अर्को तार पनि जोडिएको छ । श्रेष्ठ ९ वर्षदेखि पार्किन्सन्सबाट पिडित छन् ।

यो शल्यक्रिया मुलुकमै पहिलोपटक श्रेष्ठमा गरिएको बताइएको छ । अहिले डीबीएसको उपयोग पार्किन्सन्समा मात्र नभएर मानिसक समस्या, ड्रग एडिक्सन, डिप्रेसन, ओसीडीमा समेत भइरहेको अस्पतालले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment