Comments Add Comment

दुई देशका सरकारबीच सम्बन्ध विस्तार गर्न सफल भएँः प्रचण्ड

४ असोज, काठमाडौं । नेकपाका अध्यक्ष प्रचण्डले नेपाल–चीन सरकारबीचको सम्बन्ध विस्तार गर्न आफ्नो भ्रमण सफल भएको दाबी गरेका छन् ।

४ दिने चीन भ्रमणबाट बुधबार राति स्वदेश फर्किएका प्रचण्डले भने– चीन प्रस्थान गर्दा दुई देशका सरकार र नेकपा र चिनियाँ कम्युनिस्ट पार्टीबीचको सम्बन्ध विस्तार गर्ने उद्देश्य राखेको थिएँ । त्यसमा म सफल भएँ ।’

प्रधानमन्त्री केपी शर्मा ओलीले चीन भ्रमणका गरेका विकास सहायता समझदारीको कार्यान्वयन गर्न विस्तारमा आफूले छलफल गरेको प्रचण्डले बताए ।

दुवै देशका कम्युनिस्ट सरकारको लक्ष्य विकाश र समृद्धि भएकाले विकाश सहायतामा समान बुझाइ बनेको उनको भनाइ छ ।

फरक प्रसंगमा प्रचण्डले संविधान कार्यान्वयनको प्रक्रिया धेरै अगाडि बढिसकेकाले सानातिना असन्तुष्टि प्रजातन्त्रमा गहनाका रुपमा रहने टिप्पणी गरे । ‘संविधानमा सानातिना असन्तुष्टि छन्,’ प्रचण्डले भने, ‘त्यसलाई प्रजातन्त्रको गहनाका रुपमा लिनुपर्छ ।’

भारत भ्रमण सकिएलगत्तै प्रचण्ड गत भदौ ३० गते चीन भ्रमणमा गएका थिए । भ्रमणका क्रममा उनले चिनियाँ राष्ट्रपति र कम्युनिस्ट पार्टीका विभिन्न तहका नेतासँग छलफल गरेका थिए । राष्ट्रपति सी जिनपिङसँग भने उनको भेट हुन सकेन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment