Comments Add Comment

अभिनेत्री प्रियंका चोपडा दम रोगी, लक्षण के हो ? उपचार के छ ?

दाम रोग । यो नामसँगै हाम्रो मस्तिष्कमा प्रौढ व्यक्तिको झल्को आउँछ । अर्थात बुढा-बुढीहरु दम रोगी हुन्छन् भन्ने हाम्रो सोचाई छ ।

तपाईं, हाम्रो घरमा पनि बाजे, बज्यै छन्, जसलाई दमले सताएको छ । भर्‍याङ चढ्नसाथ उहाँहरुको सास बढ्छ । थोरै हिँडडुल गर्न सक्दैनन् । धूँवा धुलोले पनि उत्तिकै सताउँछ ।

तर, अहिले बुढाबुढी मात्र होइन, युवा, वयस्क सबै उमेरका दम रोगी भेटिन्छन् । यो रोगको जटिलता के भने, दमले एकपटक गाँजेपछि यसबाट सँधैको लागि छुटकारा पाउन धेरै गाह्रो हुन्छ । यो रोग दुई कारणबाट लाग्ने संभावना रहन्छ । एक, धुलो धुँवा । दोस्रो, वंशाणुगत ।

हालै मात्र बलिउड अभिनेत्री प्रियंका चोपडालाई पनि दम रोगले सताएको चर्चा छ । उनले आफुलाई दम रोग भएको कुरा सोशल मिडियामार्फत सार्वजनिक गरेकी हुन् ।

अभिनेत्री  चोपडाको अनुसार उनलाई दम रोग छ र यसबारेमा लुकाउने जस्तो कुनै कुरा छैन । प्रियंका  ट्वीट गर्दै   भनेकी छिन् , ‘मलाई दम भएको कुरा बताउन कुनै संकोच छैन ।’

उनले यो पनि भनेकी छन्, ‘मलाई यसबारे कुरा गर्न खुसी लाग्छ किनभने यो रोगले मलाई करियरको उचाईमा पुग्नबाट रोक्न सकेन ।’

प्रियंकाले भनिन्, ‘मलाई राम्रोसँग चिन्ने मानिसहरुलाई मलाई दम छ भन्ने थाहा छ ।’

‘मेरो मतलब यसमा लुकाउने के छ र ? मलाई यो थाहा छ दमले मलाई आफ्नो काबुमा राख्नुभन्दा पहिले मैले त्यसलाई काबुमा राख्नुपर्छ ।’ प्रियंकाले भनिन् ।

प्रियंका हाल अभिनेता फरहान अख्तर र जायरा वसीमको साथमा ‘द स्काई इज पिंक’ को सुटिङ गरिरहेकी छिन् ।

दम रोग के हो ?

दम श्वासप्रश्वासँग जोडिएको रोग हो । यसको कारणले बिरामीलाई सास फेर्न कठिन हुन्छ । यसमा बिरामीको श्वास नली फुल्ने र खुम्चिने हुन्छ । नली खुम्चिनाले बिरामीलाई सानो सानो टुक्रामा सास लिनुपर्छ ।

यसकारण छातीमा उचित मात्रामा अक्सिजन पुग्न सक्दैन जसले सास फुल्न लाग्छ । यो बिरामी कुनै पनि उमेरको मानिसलाई हुन सक्छ ।

यो बिरामी सामान्यता ठूला मानिसमा धेरै देखिन्छ तर शहरीकरण र फास्ट लाइफस्टाइलको कारण बच्चामा पनि देखिन्छ । यदि परिवारमा दमको कोही बिरामी छन् भने यसको लक्षण अन्य सदस्यमा पनि देखिन सक्छ ।

दमको लक्षण

-लगातारको खोकी वा सुख्खा खोकी

-टाउनको दुखेको महसुस हुने

-श्वासप्रश्वासमा कठिनाई

-सास फेर्दा घ्यारघ्यारको आवाज आउने

-राती वा बिहानको समयमा स्थिती अझै गम्भिर हुने

-चिसो हावामा सास फेर्दा हालत गम्भिर हुने

-व्यायामको क्रममा स्वास्थ्य अझै खराब हुने

-जोडजोडले सासफेर्ने जसकारण थकान महसुस हुने

-गम्भीर स्थितीमा कैयौं पटक उल्टी आउने पनि सम्भावना बढ्छ

दमको उपचार

दमको उपचार त्यतिखेर मात्रै सम्भव छ जब तपाईंले समय छँदै त्यसबारेमा थाहा पाउनुहुन्छ । दमको लक्षणलाई जानेर यसको तुरुन्त निदानको लागि चिकित्सककोमा जानुहोस् ।

दमको उपचारको लागि यसको औषधिहरु धेरै प्रभावकारी हुन्छन् । दमबाट लड्न आम रुपमा इन्हेल्ड स्टेरोयड (नाकको माध्यमबाट दिने औषधि) र अन्य इन्फ्लेमेटरी औषधि आवश्यक मानिन्छ ।

यसबाहेक ब्रोंकाडायलेटर्स्ले वायुमार्गको चारैतर्फ कसिएका मांसपेसीलाई आराम दिएर दमबाट राहत दिन सक्छ । त्यस्तै आस्थमा इन्हेलर पनि उपचारको रुपमा प्रयोग गरिन्छ । यसको माध्यमले फोक्सोमा औषधि पुर्याउने काम गरिन्छ । आस्थमा नेबुलाइजरको पनि प्रयोग उपचारमा गन्छि ।

दमको गम्भिर आक्रमण भएमा डाक्टरले ओरल कोर्टिकोस्टेराइड्सको एक सानो कोर्सको लागि लेख्न सक्छन् । यसलाई दुई सातासम्म प्रयोग गर्नाले कोर्टिकोस्टेरोयडको साइडइफेक्ट हुने सम्भावना कम छ । तर, यसलाई एक महिनाभन्दा धेरै प्रयोग गर्नाले यसको साइडइफेक्ट गम्भिर र स्थायी पनि हुन सक्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment