Comments Add Comment

हिरोइन, आमा हुँदै ट्रेलरमै अटाइनन् प्रियंका

नायिका प्रियंका कार्कीले निर्माता दिपकराज गिरी र निर्देशक दीपाश्री निरौलाले चलचित्र ‘वडा नम्बर ६’ पछि आफ्नो ब्यानरमा भित्राएका हुन् । चलेकी नायिका कार्कीलाई यो ब्यानर फाप्यो पनि । ‘वडा नम्बर ६’ र ‘छक्का पन्जा’मा उनी दिपककी प्रेमिका र श्रीमतिको भूमिकामा देखिइन् । तर, ‘छक्का पन्जा २’मा आउँदा उनी दिपककी प्रेमिकाबाट नायिका स्वस्तिमा खड्काकी आमा बनिन् । प्रियंकाको खस्कदो क्रेज, अनावश्यक स्क्यान्डलले चलचित्रलाई प्रभाव नपारोस् भन्ने निर्माणपक्षको वुझाई थियो ।

तर, चलचित्र ‘छक्का पन्जा ३’सम्म आइपुग्दा त प्रियंका ट्रेलरबाटै गायब छिन् । बरु, उनको स्थानमा नायिका दीपिका प्रसाई आइपुगेकी छिन् । दीपिकाले ट्रेलरभरी आफूलाई हाबी बनाउँदा प्रियंकालाई एउटा दृश्यमा राख्न पनि यसको निर्माणपक्षले आवश्यक ठानेन । यसको मत्तलब, प्रियंका क्रेज अब चम्कदैन भन्ने वुझाई हुनसक्छ । वा प्रियंकाको भूमिका चलचित्रमा खासै नभएकाले पनि उनलाई स्थान नदिइएको होला ।

तर, प्रियंकाले जथाभावी चलचित्र खेल्दा, एउटा गीतमा मात्र भएपनि नाच्न तयार हुँदा, आफ्नो स्टारडम मेन्टेन गर्न नसक्दा उनलाई गाह्रो पर्न थालेको छ । यसैले त उनी पहिले हिरोइन, अनी आमा हुँदै अहिले ट्रेलरमै नअटाउने भैसकेकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment