Comments Add Comment

विकासको ‘हजार जुनी सम्म’मा स्वस्तिमा

‘कुटुमा कुटु गीत र छक्का पन्जा’को ब्रान्ड उचालेको नायिका स्वस्तिमा खड्काको क्रेज र व्यस्तता कम हुने छनक नै देखिएको छैन । स्वस्तिमा नेपाली चलचित्रकी अहिलेकी व्यस्त नायिकामा गनिन्छिन् । उनको हातमा चलचित्रको अभाव छैन । एकपछि अर्को ठूला ब्यानरका चलचित्रबाट उनलाई अफर आइरहेको छ ।

निर्देशक विकासराज आचार्यले आफू निर्देशित हिट सिक्वेल ‘नाई नभन्नु ल ५’मा स्वस्तिमालाई दोहोरो भूमिकामा अभिनय गराए । यो चलचित्र बक्स अफिसमा हिट पनि भयो । यसपछि, स्वस्तिमाको लोकप्रियता झनै चुलिएको छ । ‘जय भोले, छक्का पन्जा ३, बुलबुल’ उनको रिलिज हुने क्रममा रहेका चलचित्र हुन् ।

अब, उनै स्वस्तिमालाई निर्देशक आचार्यले नयाँ चलचित्रमा पनि अनुवन्धित गरेका छन् । विकासले निर्देशन गर्न लागेको म्यूजिकल लभ स्टोरी चलचित्र ‘हजार जुनी सम्म’मा स्वस्तिमा नायिकाको रुपमा फाइनल भएकी छिन् । स्वस्तिमालाई फाइनल गरिएको र नयाँ नायक चलचित्रमा राख्ने तयारी गरेको विकासले जानकारी दिएका छन् ।

यसपटक चलचित्रमा आधा दर्जन गीत रहनेछ । विकासले म्यूजिकल लभ स्टोरी चलचित्रको छायांकन चाडै नै सुरु गर्ने बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment