अहिले सुसी खान, जापान पुग्नुपर्दैन । तोमयाम सुप पिउन थाइल्यान्ड धाउनु पर्दैन । बेइजिङ डगको स्वाद लिन चीनको यात्रा गरिरहनुपर्दैन । विश्वभरको मेनु अहिले यही उपलब्ध छ । विश्वमा पाक्ने थरीथरीका खान्की हामीकहाँ पनि खान पाइन्छ ।
आजको चर्चा चाहि, सुसीको हो । तपाईं/हामीलाई थाहा नै छ, यो जापानको खास परिकार हो । र, अहिले विश्वकै मेनुमा यो खान्की समेट्न थालिएको छ ।
भिनेगर अर्थात अम्लिय चामलमा अन्य खानेकुरा जस्तो कि, समुन्द्री परिकार, सब्जी, मासु, फलफूल मिसाइएको हुन्छ ।
सुसी र जापानको चर्चा गर्दा अर्को कुरा पनि जोडिएर आउँछ । यसलाई सर्भ गर्ने अनौठो काइदा । जापानका कतिपय रेष्टुरेन्टले सुसीलाई सुन्दरीको नग्न शरीरमा सर्भ गरिएको पाइन्छ । यो आफैमा रोचक काइदा हो ।
त्यसो त रेष्टुरेन्ट संचालको लागि आवश्यक फन्डा पनि होला यो । यस्तो प्रयोग विश्वभरकै रेष्टुरेन्टले गर्ने गर्छन् । ग्राहकलाई आकषिर्त गर्नका लागि खाना तयार र सर्भर्मा विभिन्न प्रयोग गरिन्छ । त्यसैको एउटा प्रयोग हो जापानिज ‘सुसी’ । सुन्दरीको नाङ्गो शरीरमा सुसी सर्भ गरिने प्रचलनले अहिले विश्वव्यापी रुप लिदैछ ।
कसरी सुरु भयो ?
जापानमा एक होटल व्यवसायीले ‘डोली हाउस’ नाम दिएर नेकेड बडी सुसी सर्भ गर्न थाले ।
यही नौलो तरिकाको कारण उनको रेस्टुरेन्टमा सँधै घुँइचो लाग्ने गर्छ । पछि अन्य शहरमा पनि यही थिममा रेष्टुरेन्टका शाखा विस्तार गरे । उनको व्यवसाय मालामाल भएपछि अन्य व्यवसायीले पनि उनको अनुशरण गर्न थाले ।
एसियाबाट शुरु भएको यो शैली अहिले युरोप, अमेरिका हुँदै संसारभर छाएको छ ।
यसरी प्रस्तुत हुन्छन् सुन्दरी
कामुक मोडललाई नेकेड सुसी सर्भ गर्नका लागि प्रयोग गरिन्छ । सुसी सर्भका लागि जापानिज ओन पिश पोशाकमा उपस्थित हुन्छन् सुन्दरीहरु । उनीहरु आफ्नो पोशाक खोल्दै टेबलको माझमा सुत्न पुग्छन् ।
सुसी सेफहरुले उनको नागो शरीरमा विभिन्न सुसीका भेराइटी राख्दै जान्छन् । जसमा माकीका रोल, सशिमी लगायतका भेराइटी हुन्छन् ।
सुन्दरीको गोप्य अंगलाई भने जापानिज फुल, सकुरा तथा अन्य गार्निशले छोपिने गरिन्छ । ग्राहक प्राय सामूहिक रुपमा पुग्छन् र चपस्टिक हातमा लिएर सुसी खान्छन् ।
नग्न शरीरको वरिपरी बसेर ग्राहकले सुसीको मजा लिन्छन् । यससँगै वाइन तथा ह्वीकी पनि पिउने गरिन्छ । पछिल्लो समय पुरुष मोडलहरु पनि नेकेड सुसी सर्भमा प्रयोग हुन थालेका छन् ।
अनुभवपछि लत
प्राय रातको समयमा यस्ता रेस्टुरेन्ट व्यस्त रहन्छन् । यस्ता रेस्टुरेन्टकै कारण झै-झगडा हुने भएकाले सरकारले सुशी सञ्चालनमा रोक लगाएको थियो । तर, जापानमा यस्ता नेकेड सुुसी रेस्टुरेन्टमा छ्यापछ्याप्ती पाइन्छन् । यस्ता रेस्टूरेन्टमा प्राय ग्रहाक अनुभवका लागि पुग्छन् ।
विस्तारै लतमा पर्छन् । जसले गर्दा यस्ता रेष्टुरेन्टमा नियमित ग्रहाकको संख्या पनि अत्याधिक हुन्छ । सुसीको स्वाद लिन मात्र होइन, फरक शैलीले खानपान गर्नका लागि पनि विश्वभरका युवा जापान पुग्ने गर्छन् ।
नेपालमा कसरी सर्भ गरिन्छ सुसी ?
नेपालमा पनि दर्जानौ जापानिज रेस्टुरेन्ट छन् । नेकेड सुसी सर्भ भने गरिदैन । जापानको यो प्रायोगलाई युरोपेली देशहरुले अनुसरण गर्न थालेका छन् । बेलायतमा पनि सामुन्द्रिक खानासहित सुसी नेकेड बडीमा सर्भ गर्न थालिएको छ । र, यस्तो व्यवसाय भरमार चल्न थालेको छ ।
कसरी तयार हुन्छ सुसी ?
बिशेषगरी सुसी, ससिमी, माकी तेमाकी बनाउँदा साल्मोन फिस, टुना फिस, प्राउन, कटल फिस, हामुर माछा, रेड स्न्यापर माछा, अक्टोपस, गंगाटा, स्क्वीड लगायत सामुन्द्रिक झार र सुसी चामल प्रगोग गरिन्छ ।
यसमासोय सस, वासबी र अदुवाको अचारको प्रयोग गरिन्छ । अधिकांस सुशी चिसो सर्ब गरिन्छ र काँचो सामुन्द्रिक जीवहरुबाट तयार पारिन्छ । नेपालमा भने भेज सुसी प्रचलनमा छ ।
किन खाने सुसी ?
ताजा सामुन्द्रिक जीव र तरकारीहरु राखेर तुरुन्त खाने सुशी स्वास्थ्यका लागि पनि उपयोगी मानिन्छ । यस्ता सुशीले तौल घटाउनुका साथै क्यान्सरबाट जोगिन समेत मद्दत गर्छ । यसले रगतका कोषहरु बढाउन र मस्तिष्कलाई तन्दुरुस्त राख्नमा पनि भूमिका खेल्छ ।
लेखक सोल्टी क्राउन प्लाजाको मल्टी कुजिन सेफ हुन्
प्रतिक्रिया 4