+
+
Shares

निर्वाचनको मिति तोक्ने अधिकार आयोगलाई दिनुहुन्न : रिजाल

अनलाइनखबर अनलाइनखबर
२०७५ असोज ७ गते १३:२९

७ असोज, काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले निर्वाचनको मिति घोषणा गर्ने अधिकार निर्वाचन आयोगलाई दिन नसकिने बताएको छ ।

कांग्रेस नेता डा. मिनेन्द्र रिजालले निर्वाचन सम्पन्न गराउने दायित्व सरकारको भएकाले सरकारले नै मिति घोषणा गर्ने कानुनी व्यवस्था उचित रहेको बताए ।

आइतबार काठमाडौंमा आयोजित कार्यक्रममा नेता रिजालले निर्वाचन सम्पन्न गराउने सरकार तर, मिति घोषणा गर्ने निर्वाचन आयोग हुनै नसक्ने दाबी गरे ।

निर्वाचन आयोगले भने निर्वाचनको मिति घोषणा गर्न पाउनुपर्ने माग गर्दै आएको छ । नेता रिजालले भने निर्वाचन सम्पन्न गराउने दायित्व सरकार र राजनीतिक पार्टीहरुको बढी हुने भएकाले थप बहस आवश्यक नभएको दावी गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?