+
+
Shares

भालुको पित्तसहित ४ जना समातिए

अनलाइनखबर अनलाइनखबर
२०७५ असोज ७ गते १५:५८

७ असोज, काठमाडौं । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले अवैध वन्यजन्तुको आखेटोपहार खरिद विक्री तथा ओसारपसारमा संलग्न ४ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सोलुखुम्बुका रमित घतानी, सागर तामाङ, सन्त घतानी र मिङमार तामाङ छन् ।

ब्यूरोका प्रवक्ता एसपी सानुराम भट्टराईका अनुसार उनीहरुलाई काठमाडौं–७, चाबहिलस्थित गोपीकृष्ण नगरबाट भालुको पित्त खरिद विक्री गर्न लागेका वेला पक्राउ गरिएको बताए ।

पक्राउ परेकाहरुलाई थप कारबाहीका लागि डिभिजन वन कार्यालय, काठमाडौंमा बुझाइएको भट्टराईको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?