+
+
WC Series
विराटनगर किंग्स 2025
94/10 (17.5)
VS
Lumbini Lions won by 40 runs
Won लुम्बिनी लायन्स 2025
134/8 (20)
Shares

‘भूमाफिया’ले जग्गा बेचिदिएपछि अदालत धाउँदै नवमी थारु

अनलाइनखबर अनलाइनखबर
२०७५ असोज ८ गते ११:०६

८ असोज, बुटवल । आफ्ना बाबुले मोहियानी हकबापत पाएको जग्गा अर्कै व्यक्तिले बिक्री गरिदिएपछि बुटवल रानीगन्जकी एक थारु महिला यतिबेला न्यायको ढोका ढकढक्याउन पुगेकी छन् ।

साविक मोतिपुर-१ रानीगन्ज, हाल बुटवल उपमहानगरपालिका १७ निवासी नवमी थारुका बुबाले मोहियानी हक वापत प्राप्त गरेको तीन बिगाहा बढी जग्गा ‘भूमाफिया’ले आफ्नो नाममा जग्गाधनी प्रमाणपूर्जा बनाएर बिक्री गरेको थाहा पाएपछि थारु अदालत धाउन बाध्य भएकी हुन् ।

वि.सं. २००४ सालदेखिका जोताहा किसान नवमीका बुबा स्वर्गीय घुराही थारुले स्थानीय जमिन्दार बिक्रम शाहबाट मोहियानी हकबापत प्राप्त गरेको तीन विगाहा ८ कठ्ठा जग्गा स्थानीय हरिलाल न्यौपाने, चिन्तामणि पाण्डे लगायतका ब्यक्तिहरुले ‘जालसाजी’ गरी प्लटिङ्ग गरेर केही भाग बिक्री गरेको थाहा पाएपछि जिल्ला अदालत रुपन्देहीमा मुद्दा दायर गरेको नवमीले बताइन् ।

दाजुभाइ नभएका कारण विवाह पश्चात पनि माइतिमै बस्दै आएकी थारुले आफ्नो बुबाको जग्गा अर्कैले जालसाजी गरेर बेचेको थाहा पाएपछि जग्गा फिर्ता पाउँ भनी स्थानीय पुष्पा मल्ल, ढुण्डीराज भण्डारी, पद्मादेवी शर्मा लगायतको विरुद्धमा रुपन्देही जिल्ला अदालतमा मुद्दा दायर गरेको जानकारी दिइन् ।

स्व. पिता घुराही थारुको नाममा रहेको साविक मोतिपुर-१ को कि.नं ३६ र ३७ अन्तर्गतको उक्त जग्गाकोे कित्ता परिवर्तन गरी कित्ताकाटसमेत गरेर बिक्री वितरण गरेको आरोपमा मुद्दा दायर गरेको उनको भनाइ छ ।

थारुले आˆनो बाबुको जग्गामा बस्न अबरोध गरेको, रातारात घरगोठ जलाएर भगाउने प्रयास गरेको, मानसिक यातना दिने गरेको भन्दै स्थानीय ढुण्डीराज भण्डारी, शशी श्रेष्ठ, र्फसुराम पाण्डेलगायतको नाममा अर्को मुद्दा पनि दायर गरेको बताइन् ।

‘हरिलाल न्यौपाने, सन्त राना, लेखनाथ पाण्डेलगायतका केही मान्छेले ‘भू-माफिया’को पछि लागेर मलाई धपाउने र करोडौं मूल्यको जग्गा हडप्ने प्रयास गरेका छन्,’ आफ्नो बुबाको पालामा पाएको जोताहा पूर्जा देखाउंदै थारुले भनिन्, ‘मेरो बुबाले बाँधा बसेर कमाएको जग्गा अरुलाई कसरी सुम्पने ?’

मुद्दाको तारेख लिंदै आएकी थारुले टहरो भने सोही जग्गामा बनाएर बसेकी छन् । केही समय बस्न अबरोध गरिएपनि हाल कसैले अबरोध नगरेको उनले बताइन् ।

नवमीका छिमेकी स्थानीय ७५ वर्षीय कल्लु चौधरीले उक्त जग्गा स्वर्गीय घुराही थारुकै भएको बताउँंछन् । कल्लुले भने- ‘म १५ वर्षकहो हुँदा ५-६ वर्ष घुराहीकै हरुवा बसेको हुँ, घुराहीको मृत्यु भएपछि छोरा नभएकाले छोरीले जग्गा दावी गर्दैनन् भन्ने सोंचेर जालसाजी भएको छ, तर जग्गा जसको हो, उसैले पाउनुपर्छ ।’

उता चिन्तामणि पाण्डेले भने नवमीको जग्गा आफूहरुले प्रयोग नगरेको बताएका छन् । पाण्डेले भनेे-‘हामीले सामुहिक रुपमा ११ बिगाहा जग्गा किनेका हौं, प्लटिङ गरेर केही बिक्री पनि गरियो ।’

जग्गा आफ्नो नाममा नभएको पनि उनले बताए । हाल उक्त जग्गा सन्ध्या पन्त, सरस्वती पराजुली र अमृता पाण्डेको नाममा रहेको पाण्डेको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?