Comments Add Comment

‘ए’ डिभिजन लिगको तयारी पूरा, उद्घाटन खेलमा आर्मी र एनआरटी भिड्दै

११ असोज, काठमाडौं । शहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको सम्पूर्ण तयारी पूरा भएको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा) को लिग समितिले बिहीबार पत्रकार सम्मेलन गरी असोज १३ गतेदेखि सुरु हुने लिगको सम्पूर्ण तयारी भएको जानकारी दिएको हो ।

ए डिभिजन लिग सातदोबाटोस्थित एन्फा कम्प्लेक्स र हलचोकस्थित एपीएफको खेल मैदानमा प्रतियोगिता हुँदैछ । एन्फा कम्प्लेक्समा हुने उद्घाटन समारोहमा ख्यातिप्राप्त कलाकारले करिब ४५ मिनेट सांस्कृतिक कार्यक्रम गर्ने छन् । त्यसपछि उद्घाटन खेल सुरु हुनेछ ।

त्यस्तै असोज १४ गते संकटा र सरस्वती क्लबबीच हलचोकमा प्रतिस्पर्धा हुनेछ । त्यसपछि भने बंगबन्धु गोल्डकपमा नेपालले सहभागिता जनाउने हुँदा खेल ए डिभिजन लिगको खेल रोकिनेछ । रोकिएको खेल अर्को सूचना प्रकाशित गरी पुनः सञ्चालनमा ल्याउने एन्फाले जानकारी दिएको हो ।

प्रतियोगिताको विजेताले ५० लाख रुपैयाँ प्राप्त गर्नेछ । त्यस्तै, उपविजेताले ३५ लाख, तेस्रोले २५ लाख प्राप्त गर्नेछ । त्यस्तै, क्रमशः चौथो पाचौं र छैटौ हुनेले १५ लाख, ७ लाख र ५ लाख नगद प्राप्त गर्ने छन् । त्यस्तै, उत्कृष्ट फरवार्ड, उत्कृष्ट मिड्फिल्डर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट गोलकिपर र उत्कृष्ट प्रशिक्षक घोषित हुनेले एक-एक थान मोटरसाइकल प्राप्त गर्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment