+
+
Shares

च्याम्पियन्स लिगमा अर्को सिजनबाट भीएआर

अनलाइनखबर अनलाइनखबर
२०७५ असोज ११ गते १९:०७

११ असोज, काठमाडौं । युरोपको प्रतिष्ठित फुटबल प्रतियोगिता च्याम्पियन्स लिगमा अर्को सिजनबाट भिडियो एसिसटेन्ट रेफ्री (भीएआर) प्रयोग गरिने भएको छ ।

यूईएफएले २०१९ को सुपर कप र २०२० को युरो कपमा पनि भीएआर प्रयोग गर्ने निर्णय गरेको छ । युरोपा लिगमा भने २०२०-२१ र नेसन्स लिगमा २०२१ फाइनलमा प्रयोग हुनेछ ।

२०१८ को रुस विश्वकपमा पनि भीएआर प्रयोग गरिएको थियो, जसले गर्दा महत्वपूर्ण निर्णयहरु लिने बेला रेफ्रीले भिडियो फुटेज हेर्ने अवसर पाएका थिए ।

अब २०१९-२० को सिजनमा च्याम्पियन्स लिगमै भीएआर प्रयोग गरिने यूईएफएले जनाएको छ ।

Results

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?