+
+
Shares

पोखरा प्रिमियर लिगमा १७९ खेलाडीको नाम दर्ता

अनलाइनखबर अनलाइनखबर
२०७५ असोज १२ गते १२:५४

३ असोज, काठमाडौं । पोखरा प्रिमियर लिग (पीपीएल) क्रिकेट प्रतियोगिताको लागि १७९ जना खेलाडीले नाम दर्ता गराएका छन् ।

क्विन्स इभेन्ट्स प्रालिले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै १७९ जना खेलाडीले प्रतियोगिताको लागि नामावली दर्ता गराएको जानकारी दिएको हो ।
जसमा क्याप्ड सिनियरमा ३० जना, क्याप्ड एज लेभलमा ५७ जना र अनक्याप्डमा ९२ जना खेलाडीले नाम दर्ता गराएका छन् । क्विन्स इभेन्ट्स प्रालिले असोज ३ गतेदेखि सात दिन असोज ९ गतेसम्म खेलाडी दर्ता खुल्ला गरिएको थियो ।

क्याप्ड सिनियरमा नेपालको सिनियर राष्ट्रिय टिमको प्रतिनिधित्व गरेका खेलाडीलाई राखिएको छ । त्यस्तै, क्याप्ड एज लेभलमा नेपालको उमेर समूह यु-१५, यु-१७, यु-१९, यु-२१ र यु-२३ टिममा खेलेका खेलाडीलाई राखिएको छ । त्यस्तै, अनक्याप्ड श्रेणीमा नेपालको सिनियर टिम र उमेर समूहबाट नखेलेका खेलाडीलाई राखिएको छ ।

क्याप्ड सिनियर खेलाडीको न्युनतम पारिश्रमिक ५० हजारदेखि अधिकतम २ लाख ५० हजारसम्म रहेको छ । त्यस्तै, क्याप्ड एच लेभलमा पर्ने खेलाडीको न्युनतम पारिश्रमिक ५० हजारदेखि अधिकतम १ लाख ५० हजार तोकिएको छ । त्यस्तै, अनक्याप्ड मा पर्ने खेलाडीको न्युनतम रकम ३० हजारदेखि १ लाखसम्म राखिएको छ ।

पीपीएलका लागि एउटा टिमले न्युनतम १५ देखि अधिकतम १८ जना खेलाडी राख्न पाउने प्रावधान गरेको छ । प्रत्येक क्लबले अक्सनबाट १० खेलाडी आफ्नो टिममा आबद्ध गर्नुपर्ने छ ।

दर्ता भएका खेलाडीको अक्सन यही असोज १४ गते आइतबार होटल सांग्रिला लाजिम्पाटमा हुनेछ ।

कात्तिक ९ देखि २० गतेसम्म पोखरामा पीपीएल टी-२० क्रिकेट प्रतियोगिता हुदैछ । आयोजकले बिहीबार ६ टिम र ६ मार्की प्लेयरको टुंगो लगाएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?