१२ असोज, काठमाडौं । सातामा तीन अर्ब ३० करोड ८१ लाख ५६ हजार रुपैयाँको सेयर कारोबार भएको छ । गत आइतबारदेखि बिहीबारसम्म जम्मा ४ दिनमा तीन अर्ब ३० करोड ८१ लाख ५६ हजार रुपैयाँ सेयर कारोबार भएको हो ।
गत सोमबार भने सार्वजनिक बिदा भएकाले सातामा ४ दिन मात्रै सेयर कारोबार भएको थियो । यि चार दिनमा नेपाल स्टक एक्सचेन्जमा १ सय ८९ कम्पनीहरुको ३२ हजार ६ सय २ वटा कारोबार भएको छ ।
कारोबार रकम अघिल्लो साताको भन्दा २६.०२ प्रतिशत बढी हो । गत साता १ सय ८९ कम्पनीहरुको २७ हजार ७ सय कारोबारबाट दुई अर्ब ६२ करोड ५० लाख १४ हजार रुपैयाँ बराबरका ९० लाख ७० हजार सात सय ७० कित्ता सेयरहरु खरिद बिक्री भएका थिए ।
प्रभु बैंकको कारोबार उच्च
कारोबार रकमका आधारमा प्रभु बैंक पहिलो नम्बरमा देखिएको छ । यस साता कारोबार रकम २३ करोड ३६ लाख १० हजार रुपैयाँको आधारमा प्रभु बैंक अग्रस्थानमा देखिएको हो ।
त्यसैगरी कारोबार भएको सेयर संख्या ३० लाख ८५ हजार कित्ताको आधारमा क्यपिटल मर्चेन्ट बैंक एन्ड फाइनान्स कम्पनी लिमिटेड संस्थापक अग्रस्थानमा रहेको छ भने कारोबार संख्या १ हजार ८ सय २७ वटा को आधारमा प्रभु बैंक नै अग्रस्थानमा रहेको छ ।
कारोबार रकमका आधारमा प्रभु बैंक पछि एनआइसी एसिया बैंक लिमिटेड, एनएमबि बैंक लिमिटेड, नेपाल बैंक लिमिटेड र कुमारी बैंक लिमिटेड क्रमशः दोस्रो, तेस्रो चौथो र पाँचौ स्थानमा देखिएका छन् ।
यस साता नेपाल स्टक एक्सचेन्जको कारोबार कक्ष नियमित कारोबारका लागि चार दिन खुला रह्यो । यस साता पनि ऋणपत्रतर्फ संस्थागत तथा सरकारी ऋणपत्रहरुको कुनै पनि कारोबार भएन ।
प्रतिक्रिया 4