+
+

रामचन्द्र पौडेलले गरे गमलामै बृक्षारोपण

अनलाइनखबर अनलाइनखबर
२०७५ असोज १२ गते २०:२५

१२ असोज, वीरगञ्ज । प्रदेश २ लाई हरित प्रदेश बनाउने प्रदेश सरकारको योजनाअनुसार शुक्रबार एकै दिनमा ५० हजार विरुवा वृक्षारोपण गरिएको छ ।

यो अभियानमा प्रदेशका मुख्यमन्त्री, मन्त्री, सांसदका साथै सर्वसाधारण पनि सहभागी भए । प्रदेश सरकारको अभियानमा कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले पनि साथ दिएका छन् ।

तर, उनले वृक्षारोपणका लागि कुनै कष्ट गरेनन् । हो, पौडेल वृक्षारोपाण गर्न कुनै खाली ठाउँ वा चौरमा गएनन् ।मञ्चमै बसेर गमलामै वृक्षारोपण गरेका हुन् ।

कांग्रेसले विधान संशोधनको मस्यौदामा सुझाव संकलनका लागि वीरगञ्जमा प्रदेशस्तरीय भेला आयोजना गरेको थियो ।भेलाको उद्घाटनको क्रममा पौडेलले मञ्चमा गमलामा वृक्षारोपण गरेका हुन् ।

यसअघि दुई वर्षअघि असार १५ को धान दिवसमा तत्कालीन कृषिमन्त्री हरिबोल गजुरेलले गमलामा धान रोप्दा उनको आलोचना भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?