१४ असोज, काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सी र लिभरपुलले १-१ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् ।
शनिबार राति भएको खेलमा अन्तिम समयमा जोगिन नसक्दा चेल्सीले लिभरपुलसँग अंक बाँडेको हो । खेलको पहिलो हाफमा नै चेल्सीले उत्कृष्ट प्रदर्शन गर्दै अग्रता बनाएको थियो । तर त्यो अग्रता दोस्रो हाफमा कायमै रहन सकेन ।
खेलको २५ औ मिनेटमा इडेन हजार्डले गोल गर्दै चेल्सीलाई अग्रता दिलाएका थिए । उनको गोलमा चेल्सीले पहिलो हाफसम्म १-० गोलको अग्रता बनाएको थियो । दोस्रो हाफमा उत्कृष्ट खेले पनि चेल्सीले आफ्नो अग्रता जोगाउन सकेन ।
खेलको अतिरिक्त समयमा ड्यानियल स्टुरेजले गोल गर्दै लिभरपुललाई बराबरीमा पुर्याए ।
प्रतिक्रिया 4